Latest Updates :

सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न बनाएर कुटपिट (भिडियाेसहित)

SHARE THIS POST :

सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् ।
लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाब दिलमायाले अस्विकार गरेपछि रेखा गुप्ता र अनिता गुप्ताले अर्धनग्न बनाउँदै कुटपिटका हुन् । उनीहरूले दिलमायालाई मैदानमा पछारेर लाठी र लात्तीले हान्दै लगाएको कपडासमेत च्यादिदिएका छन् ।
भिडियो सार्वजनिक भएपछि बाहिरियो घटनादिलमायामाथि रेखा र अनिता गुप्ताले आक्रमण गरेको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको हो । घटना शुक्रबारको भए पनि भिडियो सार्वजनिक भएसँगै सोमबार मात्रै घटनाबारे चर्चा भयो । भिडियोमा हरियो कुर्ता र रातो सुरुवाल लगाएकी दिलमायालाई रेखा र अनिताले निर्मम कुटपिट गरेको देखिन्छ । उक्त भिडियो भालुवाङ बसपार्कको हो ।
दिलमायामाथि आक्रमण गर्ने महिलालाई ‘मम्मी भयो के छाड्दिनुस्’ भनेर आग्रह गरेको भिडियोमा सुनिन्छ । तर, उनी रोकिएकी छैनन् । बरु लात्तीमुंग्रीले मात्रै नपुगेर दिलमायाको कुर्ता च्यातिदिएको देखिन्छ । अर्धनग्न भएकी दिलमाया च्यातिएको कुर्ताको टालोले लाज छोप्न खोज्छिन्, तर त्यो गर्न पनि दिँदैनन् ।
दबाबपछि बल्ल कारबाही प्रक्रिया
आइतबार भिडियो भाइरल भएपछि र दिलमायाका आफन्तको दबाबपछि दोषीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । प्रहरीले सामान्य घटनाका रूपमा हेरेको भालुवाङ घटना भिडियो सार्वजनिक भएसँगै तरंगित बन्योे । घटनाको भिडियो भालुवाङ निवासी रितु रानाले आफ्नो फेसबुक वालमा पोस्ट गरेकी थिइन् । सोमबार महिला समूह तथा दिलमायाका आफन्तले प्रहरी कार्यालय घेराउ गरे ।उनीहरूले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न प्रहरीलाई दबाब दिए पनि प्रहरीले केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । दिलमायालाई कुटपिट गर्ने राप्ती गाउँपालिकाकी ३५ वर्षकी रेखा गुप्ता र २९ वर्षकी अनिता गुप्तालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले बताए ।
यसरी भयो कुटपिट
३९ वर्षीय दिलमाया पुन आफ्नो घडेरी हेर्न अर्घाखाँचीबाट भालुवाङ पुगेकी थिइन् । अर्घाखाँचीस्थित घर र भालुवाङस्थित खडेरी छिमेकी स्थानीय तहमा पर्छन् । केही समयअघि दिलमायाका सँधियारले जग्गा बेचेका थिए । दिलमायालाई भेटेपछि भालुवाङकी स्थानीय रेखा गुप्ताले ५० हजारमा जग्गा बेच्न भनिन् । तर, दिलमायाले आफ्नो जग्गा बेच्ने योजना नभएको, त्यो पनि लाखौँ पर्ने जग्गा ५० हजारमा दिन नसक्ने जवाफ फर्काइन् ।
दिलमायाको जवाफ सुनेपछि रेखाले थप दबाब दिन थालिन् । रेखाको साथ लागेर बोलिन् अनिता गुप्ता पनि । जग्गा ५० हजारमै जसरी पनि बेच्नुपर्ने दबाब दिइरहे । तर, दिलमायाले टेरिनन् । अनि उनीहरूको आक्रमण सुरु भयो । घडेरीनजिकै रेखा र अनिताले हात हाल्न थालेपछि दिलमाया भागिन् । पुल्चोकतिर दौडिइन् ।
निर्माणाधीन बसपार्कमा पुगेपछि रेखा र अनिताले घेरा हाल्न भ्याए । पछिपछि अरू पनि एक–दुईजना थिए । रेखा र अनिताले दिलमायालाई समाते । झड्कारेर भुइँमा लडाए । थप्पड र लात्ती बर्साउन सुरु गरे । कुर्ता च्यातेर अर्धनग्न बनाइदिए ।
कुटपिट हुँदै गर्दा भालुवाङ नगर विकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकी र ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल घटनास्थल पुगे । उनीहरूले कुटपिट नगर्न आग्रह गर्दा पनि दिलमायामाथि अत्याचार भइरह्यो । बुढाथोकी र भुसालको पटक–पटकको आग्रहपछि भने उनीहरूले कुटपिट गर्न छाडे ।
रेखा र अनिताले ५० हजारमा जग्गा बेच्न दिएको दबाब नमानेपछि आफूलाई घडेरीमै कुटपिट गरेको दिलमायाले बताइन् । त्यहाँबाट उम्केर भाग्दासमेत लखेटेको र बसपार्कमा समातेर फेरि कुटेको दुखेसो पोखिन् । ‘मलाई घडेरी भएकै ठाउँमा पिटे, त्यहाँबाट उम्किएर बसपार्कसम्म भागेँ । तर, त्यहाँ पुगेपछि फेरि समातेर लात्ती र मुड्कीले हाने । लगाएको कपडा नै च्यातिदिए । च्यातिएको कपडाको टुक्राले लाज छोप्न खोज्दा पनि दिएनन्,’ दिलमायाले सुनाइन् ।
स्रोत:enayapatrika
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger