Latest Updates :

इरफानलाई दिए शाहरुखले लण्डनमा रहेको घरको चाबी

SHARE THIS POST :
जब बलिउड अभिनेता इरफान खान अस्वस्थ रहेको खबरहरु बाहिर आए त्यसपछि उनका फ्यानहरु गहिरो चिन्तामा रहेका छन् ।

विरामी भएको केही समयपछि इरफानलाई नयाँ खालको रोग न्यूरोएन्डोक्राइन ट्यूमर भएको पत्ता लाग्यो र अहिलो बेलायतको लण्डनमा उपचार भइरहेको छ ।

इरफान आफ्नो पर‍िवारका साथ अहिले लण्डनमा छन् । ताकी त्यहाँ उनको दुलर्भ रोगको उपचार सफलता पूर्वक होस ।

केही दिन अघि इरफानले भावुक तर ठूलो आत्मविश्वासका साथ एउटा नोट जारी गरेका थिए । जुन यो लडाई बहादुरीका साथ लड्ने बारेमा थियो ।

उपचारका लागि लण्डन जानुभन्दा अगाडि इरफान की पत्‍नी सुतापाले पतिका नजिकका कलाकार साथीमध्ये एक सुपरस्‍टार शाहरुख खानलाई फोन गरिन ।

फोनमा कुराकानी भए लगत्तै शाहरुख इरफानलाई भेट्न उनका घर पुगे र करीब दुई घण्टा इरफान परिवारसँग विताए । त्यहाँबाट फर्किनु अघि उनले इरफान लाई लण्डनमा रहेको आफ्नो घरको चाबी दिए ।

शाहरुखको यस्तो व्यवहारले अभ‍िभूत भएका इरफान र उनको परिवारले खुशीका साथ घरको चाबीले स्‍वीकार गरे । उपचारको क्रममा बसाईमा समस्या नहोस र इरफान र उनको परिवारले घरको जस्तो माहौल महशुश गरुन भन्ने मक्सदले आफूले त्यसो गरेको शाहरुखले बताएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger