नेपालगन्ज, ४ जेठ । भनिन्छ जिवनलाई अघि बढाउने क्रममा सफलताको एउटा ढोका बन्द भयो भने अर्काे ढोका पक्कै खुल्नेछ । सल्यानका शिवराज विकलाई त्यस्तै भएको छ । उनलाई प्रकृतिले एउटा कुरामा ठग्यो, किनभने उनी आँखा देख्न सक्दैनन् । नेपालगन्जको नेत्रज्योती संघमा रहेका शिवको श्वरमा भने जादु छ । उनलाई प्रकृतिले निकै राम्रो श्वर दिएको छ ।
दृष्टिविहिन १४ वर्षीय शिवराज विकले संगितको कक्षा लिएका छैनन् । नत उनी त्यस्तो अवसर पाउने अवस्थामा छन् । तर उनको श्वर भने वर्षैं साधना गरेका कलाकारको भन्दा कम छैन । सल्यान घर भई नेपालगन्जमा बस्ने शिवराज विकको स्वर वास्तवमै इश्वरीय देन जस्तो लाग्छ ।
अशोक नेपाली जसको प्रतिभालाई मिडियाले वाहिर ल्याए पछि उनका लागि सम्भावनाका थुप्रै ढोका खुलेका छन् ।
उनी अहिले भाइरल भइरहेका छन् । गित रेकर्ड गराउने अवसर पाएका अशोकको गितले युट्युवमा राम्रो वजार पाएको छ । उनी अहिले विश्वभरका नेपाली माझ परिचित भएका छन् । त्यस्तो अवस्था देखिेपछि शिवको बुवाले पनि उनलाई त्यस्तै सल्लाह दिए । बुवाको सल्लाह पाएपछि शिव आफैले मिडियालाई बोलाए । शिवको सम्पर्क पाएपछि उनीसमक्ष गएको एउटा युट्युव च्यानलले उनको श्वर र प्रतिभा वाहिर ल्याएको छ । वास्तवमै मन छुने छ उनको जिवन कहानी अनि उनको श्वर
Post a Comment