फुटबल सबैको प्रिय खेल हो । सबै वर्ग र उमेर समुहका मानिसले फुटवल खेल मन पराउछन् । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा दोश्रो कुम्मायक कुसायक अन्र्तराष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन भैरहेको थियो । राष्ट्रिय खेलाडीहरुले भरिएका दुइवटा टिमहरु मैदानमा उत्रिएका थिए । दर्शकको उत्सुकता वढ्दै जाँदा अप्रिय घटना घटन पुग्यो । हेर्नुहोस भिडियो
तर घाइतेहरुको अवस्था खासै गम्भिर नभएपछी स्थानिय स्वास्थ्य चौकीमा उपचार पश्चात घर पठाइयो । सुरक्षा संयन्त्रको समयमै उपस्थितीले ठुलो दुर्घटना हुन भने पाएन् । दोश्रो कुम्मायक कुसायस अन्र्तराष्ट्रिय गोल्डकपको उपाधी भने चर्च बोइज क्लब काठमाण्डौले जितेको छ फाइनलमा सुन्धारा स्र्पोटस क्लबलाई २—१ ले पराजित गर्दै चर्चबोइजले पाँचथरकै हालसम्मको सर्बाधिक पुरस्कार राशी ३ लाख ११ हजार १ सय ११ रुपैया सहित उपाधी जितेको हो ।
Post a Comment