अहिले भखरको दुर्घट्ना मलेसियाको दमन सारामा बस्ने नेपालीहरु duty जाँदै change हुने समय भन्दा केही आगडि 7:28 गाडी दुर्घटना भै घटना स्थलमा सबै घाइते भएको र सबैको उपचारको लागि नजिकको हस्पिटलमा लगिएको छ।अहिले नाम खुलिएको छैन तर मले एक जना र अरु सबै नेपाली दाजुभाइ हुन उहाँ हरुलाई सु-स्वास्थको कामना____!( उहाँहरू सबैको सिग्र स्वास्थ्य लाभको कामना गरौँ)
तीन वर्षमा विदेशमा २१८४ नेपालीको मृत्यु
काठमाडौँ । विभिन्न रोजगारक क्रममा विदेश पुगेको नेपालीको मृत्युको तथ्याङक डरलाग्दो रहेको छ । वैदेशिक रोजगार प्रवद्र्वन बोर्डको तथ्याँकअनुसार आर्थिक वर्ष २०७२/७३ मा महिला २४ र पुरुष ७८७ गरी जम्मा ८११ जनाको मृत्यु भयो ।आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तसम्मको तथ्याँकअनुसार महिला १५ र पुरुष ५९३ गरी जम्मा ६०८ जनाको मृत्यु भएको देखिन्छ । मृत्युको संख्यामा खासै कमी आएको पाइएको छैन । आव २०७३/७४ मा महिला १८ र पुरुष ७३८ गरी जम्मा ७५६ जनाको मृत्यु भएको थियो ।
आव २०७२/७३ मा मुटुसम्बन्धी रोगका कारण १४८, आत्महत्याका कारण १०९, कार्यस्थलमा दुर्घटनाबाट ८१, प्राकृतिक मृत्यु २४१, सडक दुर्घटनाबाट १०३, हत्याबाट तीन, हृदयाघातबाट ९४ र अन्य कारणबाट २७ जनाको मृत्यु भएको थियो ।आव २०७३/७४ को तथ्याँकअनुसार मुटुसम्बन्धी रोगका कारण ६४, आत्महत्याका कारण ९०, कार्यस्थलमा दुर्घटनाबाट ६१, प्राकृतिक मृत्यु २५२, सडक दुर्घटनाबाट १२२, हत्याबाट एक, हृदयाघातका कारण ६४ र अन्य कारणबाट ८० जनाको मृत्यु भयो । चार व्यक्तिको मृत्यु अझै अनुसन्धानका क्रममा छन् भने १८ मृत्युबारे अझै जानकारी हुन सकेको छैन ।
मुटुसम्बन्धी रोगका कारण ५३, आत्महत्याका कारण ९९, कार्यस्थलमा दुर्घटनाबाट ४४, प्राकृतिक मृत्यु ९८, बिरामी भएर ४७, सडक दुर्घटनाबाट ९३, हत्याबाट एक, हृदयाघातका कारण ९४, अज्ञात मृत्यु ११ र अन्य कारणबाट ३६ जनाको मृत्यु भएको आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकले देखाउँछ । थप ३२ को मृत्यु अझै अनुसन्धानका क्रममा छन् ।
तथ्याँकअनुसार आव २०७२÷७३ मा जापानमा दुई, सिरियामा एक, तान्जानियामा एक, ओमानमा चार, कतारमा १२६, कुवेतमा ३१, दक्षिण कोरियामा १३, बहराइनमा आठ, मलेसियामा ३३७, माल्दिभ्समा दुई, संयुक्त अरब इमिरेट्समा ५४ र साउदी अरेबियामा २२३ जनाको मृत्यु भयो । आव २०७३÷७४ मा इजिप्टमा एक, जापानमा चार, नाइजेरियामा एक, अफगानिस्तानमा १२, कतारमा चार, कुवेतमा १३, दक्षिण कोरियामा ११, नेपालमा एक, बहराइनमा छ, मलेसियामा २५४, माल्दिभ्समा दुई, संयुक्त अरब इमिरेट्समा ४५ र साउदी अरेबियामा २५१ जनाको मृत्यु भएको थियो ।आव २०७४÷७५ को चैत मसान्तसम्मको तथ्याँकले इजिप्टमा एक, भियतनाममा एक, जापानमा चार, कतारमा ९२, कुवेतमा १४, जर्मनीमा एक, टर्कीमा एक, दक्षिण कोरियामा १८, नेपालमा ३५, बहराइनमा सात, मलेसियामा २०९, संयुक्त अरब इमिरेट्समा ६९ र साउदी अरेबियामा १५५ जनाको मृत्यु देखाउँछ । यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।
Post a Comment