Latest Updates :

भर्खरै आयो अर्को दुखद खबर

SHARE THIS POST :
बागलुङदेखि पोखरा तर्फ जाँदै गरेको ना ३ ख ७७४० नम्बरको यात्रुबहाक बस पोखरा बागलुङ
राजमार्गको दोविल्ला खण्डमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी घाइते हुनेहरुमा अधिकांश बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाका यात्रुहरु रहेका छन् भने कास्की, तनहुँ, पर्वत लगायतका यात्रुपनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घाइते सवैजनाको घटनास्थलबाट उद्धार गरी पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको टाउको, खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेपनि खासै गम्भिर नरहेको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।सडकमा विपरित दिशाबाट आइरहेको ट्याक्सीलाई उछिन्न खोज्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । बस सडकबाट करिव २० मिटर तल खसेको छ । बसका चालक फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger