उनले भनेकी छिन– ‘ब्लाद धोकेबाज छन्। झुटा छन्, जब मैले विवाह गर्न लागेकी थिएँ, मेरा आफन्तहरूले जोसँग पैसा र घर छैन त्यस्तो मानिससँग विवाह नगर भनेर सम्झाएका थिए तर मैले मानिनँ। उनले मलाई आफू एक इन्टिरियर डिजाइनर हुँ भनेका थिए। तर, वास्तविकतामा उनी एक पसलमा काम गर्दा रहेछन्। ब्लादले मसँग केवल पैसाका लागि विवाह गरेका थिए। उनी ऋणमा डुबेका थिए, मैले उनको ऋण तिरिदिँदा, घर खर्च पनि मैले नै चलाएँ। तर, यति गर्दा पनि उनको मन भरिएन र उनले मेरो पर्सबाट पैसासमेत चोर्न थाले। मैले आफ्नो सम्पत्तिसँग जोडिएका कागजात पनि भेटेको छैन।’
सोफियाका अनुसार ब्लाद आफ्नो पूर्वपत्नीसँग पनि च्याट गर्दथे। साथै १० लाख भारु पर्ने विवाहको औंठी पनि फिर्ता गरेका छैनन्।
सोफिया र ब्लादले सन् २०१७ मा मुस्लिम परम्पराअनुसार विवाह गरेका थिए। त्यसपछि उनी गर्भवती भएकी थिइन् तर उनले बच्चा पनि गुमाउनुपरेको बताएकी छिन्।
सोफिया बिग बोसमा पनि सहभागी भएकी थिइन् र त्यहाँ उनले हंगामा मच्चाएकी थिइन्। उनी बेला–बेला बोल्ड तस्वीरका कारण चर्चामा आउने गर्छिन्। यो खबर आजको नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा प्रकाशित छ ।
Post a Comment