Latest Updates :

रेलले स्कूल भ्यानलाई ठक्कर दिँदा १३ बालबालिकाको मृत्यु

SHARE THIS POST :
भारतको उत्तरप्रदेशको कुशीनगरमा बिहिबार एक रेलवे क्रसिङमा रेल र स्कूल भ्यान ठोक्किँदा १३ बालबालिकाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

स्रोतका अनुसार डिभाइन पब्लिक स्कूलको भ्यानमा १० वर्ष मुनीका बालबालिकासहित २५ जना सवार थिए । उक्त भ्यान सीवानबाट गोरखपुर जाँदै गरेको रेलसँग ठोक्किएको हो । मानवरहित रेलवे क्रसिङ पार गर्ने बेला उक्त दुर्घटना भएको बताइएको छ ।

पूर्वोत्तर रेलवेका मुख्य जनसम्पर्क अधिकारी संजय यादवले भ्यान रेलवे क्रसिङमा बन्द भएका कारण दुर्घटनाग्रस्त भएको हुनसक्ने आशंका व्यक्त गरे । उनले भने, ‘ भ्यान ड्राइभरले रेलवे क्रसिङलाई पार गर्ने क्रममा उनलाई रोक्ने कोसिस गर्दा रोकिएनन् । सायद भ्यान रेलवे क्रसिङमा बन्द भयो जसका कारण यो दुर्घटना भयो ।’

यूपीका एडीजी (ल एण्ड अर्डर) आनन्द कुमारले दुर्घटना ड्राइभरको लापरवाहीका कारण भएको बताएका छन् । उनले दुर्घटनामा १३ बालबालिकाको मृत्यु भएको उनले पुष्टि गरे ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक बालबालिकाको परिवारलाई दुई लाख क्षतीपूर्ती दिने आदेश दिएका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger