Latest Updates :

सोनमको विवाहमा स्व: आमा श्रीदेवीको यी दुई गीतमा डान्स गर्दै जाह्नवी कपूर

SHARE THIS POST :
काठमाडौँ । अभिनेत्री सोनम कपूर र आनन्द आहुजाको विवाहको बारेमा यी दिनहरुमा खुबै चर्चा परिचर्चा भईरहेको छ । विवाहको निश्चित मिति बारे कपूर परिवारबाट अहिले सम्म खासै कुनै आधिकारिक सूचना नमिलेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

पारिवारिक निकट श्रोतका अनुसार ६-७ मे मा सोनम र आनन्दको संगीत , मेहन्दी र विवाहको सबै तयारी पूरा हुने छ । सोनम कपूरको विवाहको लागि कपूर परिवारले सबै तयारी सुरु गरिसकेको छ । जाह्नवी पनि आफ्नो शपिंगमा व्यस्त छिन्, हालै भारतीय मिडियाले उनलाई शपिंग गरिरहेको अवस्थामा स्पोट गरेको थियो ।
यति मात्र नभई जाह्नवीले आफ्नो दिदी सोनम कपूरको विवाहको संगीत समारोहमा डान्स गर्नको लागि गीत पनि छानिसकेकी छिन्  । श्रोतहरुका अनुसार जाह्नवी कपूर आफ्नो स्वर्गीय आमा श्रीदेवीको गीतमा नाँच्ने तयारीमा छिन् । एक मनोरञ्जनात्मक वेबसाइटको खबर अनुसार जाह्नवी उक्त समारोहमा दुई गीतमा नाँच्ने भएकी छिन् ।
उक्त संगीत समारोहमा जाह्नवी बाहेक करण जोहर, रणवीर कपूर, अर्जुन कपूरले पनि नृत्य प्रदर्शन गर्ने छन् । साथै अनिल कपूर र उनकी पत्नी सुनिताले उक्त समारोहमा एक खास डान्स पर्फमेन्स दिने छन् ।

यसको लागि बलिउडको प्रसिद्ध कोरियोग्राफर फराह खान संगीतको तयारी गर्दै छन् । मिडिया रिपोर्टका अनुसार उक्त समारोहमा जाह्नवी आफ्नो आमाको दुई गीत ‘किसी के हाथ न आएगी ये लड़की’ र ‘मेरे हाथों में नौ-नौ चूड़ियां हैं’ मा डान्स गर्नेछिन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger