Latest Updates :

छोरीले स्कुल जान नमानेपछि बाइकमा बाँधेर यस्तो गरे पिताले, भाइरल भयो भिडियो

SHARE THIS POST :
एजेन्सी। धेरै बालबालिकाहरु सकुल जान भनेपछि निकै दुःख मान्छन् । केही बालबालिकाले अनेक बहाना बनाउँछन्, नखरा देखाउँछन् । तिनका अभिभावकले पनि छोराछोरीलाई गाली गर्छन् फकाउँछन् वा सम्झाउँछन् । तर चीनमा भने एक पिताले क्रुरताको सबै हद पार गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार यहाँ ती व्यक्तिले आफ्नी छोरीले स्कुल जान नमानेपछि उनलाई मोटरसाइकलको पछाडिको सिटमा बाँधेर स्कुल लिएर गएका छन् । बालिकाले स्कुल जान नमानेपछि रिसको झोंकमा ती पिताले यस्तो गरेको बताइएको छ । रिसाएका पिताले बालिकालाई बाँधेर तीब्र गतिमा मोटरसाइकल चलाए ।

यस क्रममा बालिका जोडजोडले रुँदै चिच्याउँदै रहिन् तर ती पिताले एक रत्ति पनि सुनेनन् । यस्तो दृश्य देखेर केही मानिसहरुले उनको पिछा पनि गरे तर ती व्यक्ति रोकिएनन् । भिडियो भाइरल भएपछि प्रहरीले ती व्यत्तिःलाई खोज्यो । प्रहरीले अहिले ती व्यक्तिलाई चेतावनी दिएर छोडेको बताइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger