सलिनमानलाई आफल्नो चलचित्रमा लिएर यतिबेला दंग छन् निर्माता केशव भट्टराई । तर, उनका लागि कठिन दिनहरु आउँदैछन् । किनकी सलिनमानलाई उनले दिनमा ६ पटक खुवाउनुपर्ने छ ।
सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सलिनले भने, ‘मलाई दिनमा ६ पटक खानुपर्छ । समयमा खान पाइन भने मलाई रिस उठ्छ । रिस उठेपछि सुटिङ गर्न गाह्रो हुन्छ ।’
निर्माता केशव भट्टराइलाई पनि यो कुरा अवगत रहेछ । उनले सलिनको बारेमा भने-‘सलिनलाई धेरै खानुपर्छ र उनी चाडै रिसाउँछन् भन्ने मैले पनि सुनेको छु । तर, आशा छ, हाम्रो चलचित्रमा भने सलिनले त्यस्तो व्यवहार नगर्लान् । सलिनलाई हामी सम्हाल्न सक्छौ ।’
चलचित्र ‘ए मेरो हजुर २’को छायांकन चलिरहँदा समयमा खान नपाएको निहुँमा सलिनले ‘सुटिङ क्यान्सिल गरौ, म लागेको खर्च सबै तिरिदिन्छु’ समेत भनेका थिए ।
पत्रकार सम्मेलनमा सलिनलाई सोधियो, ‘कतै यो चलचित्रमा पनि तपाईंले यस्तै खालको सम्झौता त गर्नुभएको छैन ?’
Post a Comment