Latest Updates :

२ सय सैनिक पलभरमै यसरी भए खरानि .कमजोर मन हुनेले नहेरिदिनु होला

SHARE THIS POST :
२ सय सैनिक पलभरमै यसरी भए खरानि .कमजोर मन हुनेले नहेरिदिनु होला

काठमाडौँ, २८ चैत । अल्जेरियामा एक सैन्य विमान दुर्घटना हुँदा कैँयौँ मानिसको मृत्यु भएको आशंका गरिएको छ। अल्जेरियाको सरकारी रेडियोले एक सयभन्दा बढी मानिस मारिएको बताएको समाचार संस्था एपीले जनाएको छ।

अल्जेरियाको बुफारिक सैन्य शिविरबाट उड्नेबित्तिकै सो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। केही रिपोर्टहरुमा विमानमा करिब २ सय सैनिक सवार रहेको बताइएको छ।

इल्युसिन आइआइ–७८ विमान दुर्घटनापछि धुवाँको मुस्लो उडेको तस्वीर अल्जेरियाली सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन्। सो विमान दक्षिण-पश्चिमी अल्जेरियाको बेचारतर्फ उडेको थियो।

अल्जेरियाको उत्तरी भागमा रहेको बुफारिक राजधानी अल्जियर्सबाट करिब ३० किलोमिटर टाढा भूमध्यसागर नजिकै पर्दछ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। एजेन्सी
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger