Latest Updates :

धादिङमा बस र ट्रक ठोक्किँदा चालक सहित २७ जना

SHARE THIS POST :
 शनिबार बिहान गजुरी-६ जहरेस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा चालक सहित २७ जना घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख १९२६ नम्बरको साप्ताहिक ट्राभल्सको बस र मुग्लिनतर्फ तर्फ जाँदै गरेको ना ७ ख २९ नम्बरको ट्रक शनिबार बिहान आपसमा ठोक्किएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाका अनुसार बस ठक्कर खाए पछि घाईतेहरुको उद्धारका क्रममा बस भित्र फेला परेको ६ तोला सुन र २ तोला चाँदीका गहना सह-चालक वकिल सावन्तलाई हस्तातरण गरिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger