Latest Updates :

पोखराको याम्दीमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

SHARE THIS POST :
पोखराको याम्दीमा ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ ।

पोखराको हेम्जाबाट याम्दीतर्फ आउँदै गरेको  ग १ त ३०८८ नम्बरको ट्रयाक्टर  शनिबार दिउसो  हेम्जा तिब्बेतियन क्याम्प नजिकै पल्टिदा ट्र्याक्टर चालक मादी गाउँपालिका भाचोकका ३५  बर्षिय दिपक परियारको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ट्र्याक्टरका सहचालक  माछापुच्छ्रे गाउपालिका ३ का १५ वर्षीय सरोज नेपाली  घाइते भएका छन् ।

नेपालीको अवस्था सामान्य रहेको र उनको सहारा अस्पतालमा उपचार भइरहेको  प्रहरी प्रबक्ता जगदिश रेग्मीले जानकारी दिए । ट्र्याक्टरको पछाडिको भाग ट्रली छुटेर ट्र्याक्टर अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा चालक इन्जिनको भागले च्यापिन पुगेका थिए । गम्भिर घाइते अवस्थामा उद्धार गरिएका परियारलाई उपचारको लागी मणिपाल अस्पताल पुर्याइएको थियो । रेग्मीका अनुसार नेपालीलाई अस्पतालले दिउसो ३:५० मा मृत घोषणा गरेको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger