आभाष रेखा थापाको चलचित्र "रामप्यारी" मार्फत फिल्म क्षेत्रमा डेब्यु गरेका हुन् । तर, अब भने उनी फिल्म क्षेत्रलाई छोडेर अन्य क्षेत्रमा स्थापित हुने योजनामा रहेको यसै भिडियो अन्तर्वार्ता मार्फत जानकारी गराए ।
२५ वर्ष पूरा हुन लागेका आभाषले वर्षासँगको १० वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। आभाषले रेखालाई मामु भनेर बोलाउने र संगै बस्ने गरेतापनि आफ्नो प्रेमसम्बन्धको बारेमा बताएका थिएनन्।
त्यसैले रेखाको बुहारीसँग पहिलो भेट विवाह समारोहमा नै भएको थियो। छोराको विवाहमा रेखालाई उनको व्यक्तिगत प्रेमसम्बन्ध वा विवाहको बारेमा पनि सोधिएको थियो जसमा उनले भनिन् - आफूलाई अहिले त्यस्तो कुनै पनि सम्बन्धमा रहने चाहना नभएको बताइन्।
Post a Comment