Latest Updates :

मन्त्री लालबाबु पण्डित समवेदना दिन पुगे मदनकृष्ण श्रेष्ठको घर

SHARE THIS POST :
काठमाडौं, २६ चैत । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ यतिखेर पत्नी शोकमा छन् । श्रेष्ठ धर्मपत्नी यशोदा सुवेदीको आठ दिनअघि निधन भएको थियो । अहिले कलाकार श्रेष्ठलाई समवेदना दिन विभिन्न क्षेत्रका व्यक्तित्व, शुभचिन्तक, आफन्त उनको निवास पुग्ने क्रम जारी छ ।

यसैक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सोमबार बिहान कलाकार श्रेष्ठ निवास सुनाकोठी पुगेर समवेदना दिएका छन् । मन्त्री पण्डितले शोकमा परेका श्रेष्ठ परिवारसँग केही समय कुराकानी गरेका थिए । मन्त्री पण्डित श्रीमतीसहित कलाकार श्रेष्ठलाई भेट्न पुगेका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger