Latest Updates :

यी सुन्दरी पाइलट पेमा जो ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी छन् ! उनि भन्छिन ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’ (भिडियोसहित)

SHARE THIS POST :
केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ।

विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’

हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन्। तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ।

सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्।

एसएलसी दिएपछि पेमा उच्च शिक्षा हासिल गर्न सन् २००५ मा काठमाडौं आईन्, हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर +२ अध्ययन गरिन्।

+२ अध्ययन सकियो। त्यसपछि के गर्ने? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger