१९६५ मा जन्मिएका आमीर बलिउडका एक सोच र परिवर्तन चाहने अभिनेतामा दर्जिन्छन् । ‘यादो की बारात’ भन्ने फिल्म १९७३ मा आएको थियो । सोही फिल्मबाट करिअर सुरू गरेका आमीरको खास नाम महोम्मद आमीर हुसैन थियो । १९८८ मा केवल २३ वर्षका उनी ‘कयामतसे कयामततक’ पछि बलिउडका स्टार भए ।
फिल्मसँगै सामाजिक काममा पनि आमीर निक्कै सक्रिय रहन्छन् । आमीरले ‘दिल’, ‘दिल है की मानता नही’, ‘जो जीता वही सिकन्दर’, ‘हम है राही प्यार के’, ‘अंदाज अपना अपना’, ‘रंगीला’, ‘राजा हिन्दुस्तानी’, ‘इश्क’, ‘गुलाम’, ‘अर्थ’, ‘सरफोश’, ‘दिल चहाता है’, ‘लगान’, ‘मंगल पान्डे’, ‘गजिनी’, ‘थ्री इडियट्स’लगायतका फिल्ममा अभिनय गरे । हाल ‘ठग्स अफ हिंदुस्तान’को छायांकनमा ब्यस्त यि स्टारको जन्मदिनको मौकामा आमीर सानो छँदाको तस्वीरहरू सार्वजनिक भएका छन् । जुन तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन्
Post a Comment