Latest Updates :

भर्खरै सेनाको विमान दुर्घटना !

SHARE THIS POST :
एजेन्सी। भारतीय वायुसेनाको विमान भारतको उडिसा राज्यको मयुरभंजनजिकै दुर्घटना भएको छ । विमान किन दुर्घटना भयो भन्ने थाहा हुन सकेको छैन । विमान नियमित उडानमा भएको बताइएको छ ।

भारतीइ वायुसेनाले दिएको जानकारी अनुसार पाइलटलाई विमानबाट निकालिएको छ । उनलाई उपचारको लागि झारखण्डको हेडक्वार्टर अस्पतालमा पठाइएको छ । दुर्घटना आज दिउँसो १ बजे भएको बताइएको छ । वायुसेवाको हक लडाकू विमान कलाइकुण्डबाट नियमित उडानमा थियो ।

पाइलटले उडानको तालिम लिइरहेको बताइएको छ । घटनाको जाँचको लागि कर्नल दर्जाका अफिसरको नेतृत्वमा कमिटी गठन गरिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger