Latest Updates :

डा: बनेर देश फर्किएका एक विद्यार्थीले सास जानेबेलमा यस्तो भनेपछि सबैको आखामा आसु हेर्नुहोस

SHARE THIS POST :
काठमाडौँ,  फागुन । काठमाडौँमा सोमबार दिउँसो दुर्घटनाग्रस्त यूएस-बंगला एयरलायन्सको जहाजमा सबैभन्दा बढी नेपाली यात्रु रहेको खुलेको छ । जहाजमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, १ जना चाइनिज र १ जना माल्दिभ्सका नागरिक रहेका थिए ।दैनिक नेपाललाई प्राप्त नामावली अनुसार, जहाजमा चालक दलका सदस्यसहित ६७ जना यात्रु थिए । दुर्घटनामा बंगलादेशको सिलेट मेडिकल कलेजबाट एमबीबीएसको अन्तिम परीक्षा सकेर नेपाल फर्किएका १५ जना विद्यार्थी परेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमान दुर्घटना भएको घटनाले आफु मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश जारी गर्दै त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा भएको युएस बंगला बिमान दुर्घटनाले मर्माहत बनाएको उल्लेख गर्दै शोकपूर्ण घडीमा खटिएका सुरक्षाकर्मी, कर्मचारीलाई धन्यवाद दिएका छन् ।उनले थप उद्धार कार्यमा लाग्न सबैलाई अपिल गर्दै शोकसंतप्त अवस्थामा रहेका मृतक र घाइतेका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

१३ विद्यार्थीमध्ये जहाज दुर्घटनामा बाँचेकी यी हुन् अछामकी प्रिन्सी धामी मिडियामा यस्तो यस्तो भनेपछि आयो सारा नेपालीको आखामा आसु

काठमाडौं, फागुन २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सोमबार दुर्घटनाग्रस्त यूएस बंगलाको जहाजबाट नेपाल फर्किने बंगलादेशमा एमबिबिएस अध्ययनरत १३ जना नेपाली विद्यार्थीमध्मे एक हुन् अछाम मंगलसेनकी प्रिन्सी धामी।प्रिन्सीले काठमाडौं बसुन्धारा बस्दै आएका परिवारलाई एक दिनअघि मात्र आफू नेपाल आउँदै गरेको खबर गरेकी थिइन्। तर, उनी चढेको जहाज दुर्घटनामा पर्‍यो। दुर्घटनामा उनी गम्भीर घाइते भइन्।उनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आइसीयु ५०५ नम्बर बेडमा उपचार भइरहेकाे छ। तर, उनी खतरामुक्त नरहेको अस्पताले जनाएको छ। वैदेशिक

राेजगारीका क्रममा युएईको दुबईमा रहँदै अाएका प्रिन्सीका बुबा आमा मंगलबार बिहान ९:३० बजे मात्र अस्पताल पुगेका छन्। छाेरीको यस्तो अवस्था थाहा पाएपछि प्रिन्सीकी अामा रुँदै थिइन् भने बुबा मनोज श्रीमतीलाई सम्झाउने प्रयास गर्दै थिए। मनोज भने दुबई पुलिसमा कार्यरत छन्।

सन्तानका नाममा उनीहरूकी एक मात्र छोरी थिइन् प्रिन्सी। अछाममा जन्मिएकी प्रिन्सी स्कुलदेखि नै पढाइमा अब्बल थिइन्। काठमाडौंको जमलमा रहेको भानुभक्त मेमेरियल स्कुलबाट एसएलसीमा डिस्टिङसन श्रेणीमा उत्तीर्ण प्रिन्सीले लैनचौरको निस्ट कलेजबाट विज्ञानमा ७४ प्रतिशत ल्याई उच्च मावि तह पास गरेकी थिइन्। बंगलादेशको राजीव रवेया

मेडिकल कलेजबाट एमबिबिएस अन्तिम वर्षको परीक्षा सकेर घर बिदाका लागि धामीलगायत १३ जना विद्यार्थी र अन्य यात्रु र चालक दल गरी ७१ जना सवार जहाजमा साेमबार नेपाल अाएको थियो। घाइतेको अवस्थाबारे रिपाेर्टिङमा अस्पताल पुग्दा प्रिन्सीका आफन्तहरू अस्पतालको पाँचौँ तलामा रहेको आइसियुको गेटमा आँखाभरि टिलपिल आँसु र मलिन मुहार लिएर भगवानसँग स्वास्थ्यको कामना गरेर प्रार्थना गर्दै थिए।

हामीले भेट्न पाएका छैनौँ, भगवानले साथ दिन्छन्। प्रिन्सीका ठूली आमा बिन्दा धामीले भनिन्, उनी मिहिनेती छन्, मिलनसार छन् मायालु पनि। सोमबार यूएस बंगलाको जहाज बंगलादेशको ढाका विमानस्थलबाट दिउँसो साढे १२ बजे काठमाडौंका लागि उडेको थियो। जहाजका चालक थिइन् पृथुला रसिद। उनी पहिलो पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्दै थिइन्। उसो त सोमबारको काठमाडौंको मौसम पनि त्यति सफा थिएन। बादल लागेको थियो तर उडान र अवतरणका लागि खतरा भने थिएन। जहाज नेपाल पुग्दा

दिउँसोको २ बजिसकेको थियो। जहाजले अवतरण गर्दा सामान्यभन्दा बढी समय लगायो। जसोतसो अवतरण भए पनि विमान सन्तुलन गुमाउँदै धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भयो। दुर्घटनामा परी ११ जना एमबिबिएसका विद्यार्थीसहित ४९ जनाले ज्यान गुमाइसकेका छन्। २२ जना यात्रुको राजधानीका विभिन्न अस्पतालमा उपचार हुँदै छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger