ढाकाबाट प्रसारित विवरणमा नयाँ तथ्यहरु बाहिर आएका छन् । पाइलट अविद सुल्तानलाई कम्पनीले ४ वटा लगातार उडान भर्ने दायित्व सुम्पेको थियो । काठमाडौँ आउनुअघि उनले क्यानाडादेखि ढाकासम्म करिब १६ घण्टा जहाज उडाएका थिए ।
बीचमा आरामको समय नपाएकाले पाइलटको थकान र त्यसबाट निर्णय क्षमतामा पुगेको असरबारे यसले नयाँ बहसलाई जन्म दिने देखिन्छ । त्रिभुवन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर हरुको सम्बादबाट पाइलटले टावरको निर्देशनका बाबजूद बाटो बिराएको प्रारम्भिक अनुमान गरिएको छ ।
यस्तै, दुर्घटनामा जीवित रहेका यात्रुहरुको बिवरणले जहाज अवतरण अघि नै कम्पन महसूस भएको देखाएको छ । यसबाट जहाजमा प्राविधिक खराबी थियो कि थिएन भन्ने बारे छुट्टै जांच हुनेछ । पाइलट जीवित रहेकाले प्राविधिक पक्षबारे थप प्रकाश पार्न जाँचबुझ समितिलाई सजिलो हुनेछ । क्यानाडाबाट ढाका आएको जहाज नै ढाकाबाट काठमाडौँ उडेको पनि बिमान कम्पनीले जनाएको छ ।
पाइलट अबिद सुल्तानको अचानक ज्यान गएको सुने पछी परिवारको यस्तो हालत छ :
Post a Comment