हिजो बुलुले फोन गरेकी थिई । मैले अफिसको काममा विराटनगर गएको छु भनिदिएँ । यो मोवाईलले पनि मानिसलाइ राम्रै सुविधा दिएको छ¸मैले उसलाइ ढाँट्न गाह्रै भएन । आज पनि अघि फोन गरेकी थिइ सानी छोरी निदाइसकि अरे । ठूलीले होमवर्क गर्दै छे रे । केटाकाटीहरु पनि यस्तै त हो नि पढ भनेर मान्दै मान्दैनन् तर कम्तिमा होमवर्क गरे भने पनि ठूलो कुरा मान्नु पर्ने । तर पनि छोरीको दिमाख भने कडा नै थियो कतिले त वावु गोत गएकी भन्थे । मलाई खूव माया गर्थी ।
मैले पनि लैङ्गिक भेदभाव विना नै छोरासरह व्यवहार गर्थेँ । तापनि घरीघरी भने सामाजिक परिवन्धले वाँधिएका हामीहरु कतिपय अवस्थामा समाजको मूखमा बुजो लगाउन नसक्ने यथार्थता त मैले पनि छिपाउन सक्दिन । पाइला लामो वनाउँछु भन्दा भन्दै पनि असजिलो महशुस भैरहेको छ । हुन त थकाइ पनि लागिसक्यो । अघि देउरालीमा खाएको केराउको तरकारी र सेल ले पनि अव कति धानोस् ? अँध्यारोले अलि अलि गर्दै च्याप्दै लगेको थियो । म त्यै अँध्याराको बिचवाट जुनकिरी वन्दै नयाँ वाटोमा अगाडि वढिरहेको थिएँ । नयाँ ठाउँ भएकोले पनि डर लागेको थिएन । हेर्नुस भिडियो:
Post a Comment