Latest Updates :

नाइट बसमा किचकन्या चढेपछी, दर्हो मुटु हुनेले मात्र भिडियो हेर्नुहोला

SHARE THIS POST :
म काठमाडौ गएको थिए जब उताबाट घर आउनु पर्ने भयो तब म दैनिक(day) बसमा आए। उफ पुरानो बस परेछ बिग्रेर हैरान । जब म बस बाट ओर्ले साझ परिसकेको थियो र बिस्तारै हिड्न थाले जब टुप्पामा पुग्दा झम्के साँझ परिसकेको थियो । मेरो साथमा एउटा टर्च थियो त्यसैले पनि मनमा डर थिएन । राजुलाई फोन गरेँ¸ अव कति लाग्छ हँ ? अव एक घण्टामा तँ आइपुग्छस् के कति आत्तिएको ? उतावाट यस्तो जवाफ आयो । ऊ लिन आउँ भन्दै थियो मैले पर्दैन भनेँ । म पहिलो पटक यस्तो पहाडको लामो यात्रा गरेको थिएँ त्यसैले पनि हात खुट्टाहरु दुखिरहेका थिए तैपनि म जानै पर्ने थियो त्यसैले हिडेँ । घरमा बुलुलाई पनि थाहा नै नदिएर हिँडेको आज तेस्रो दिन भैसक्यो ।

हिजो बुलुले फोन गरेकी थिई । मैले अफिसको काममा विराटनगर गएको छु भनिदिएँ । यो मोवाईलले पनि मानिसलाइ राम्रै सुविधा दिएको छ¸मैले उसलाइ ढाँट्न गाह्रै भएन । आज पनि अघि फोन गरेकी थिइ सानी छोरी निदाइसकि अरे । ठूलीले होमवर्क गर्दै छे रे । केटाकाटीहरु पनि यस्तै त हो नि पढ भनेर मान्दै मान्दैनन् तर कम्तिमा होमवर्क गरे भने पनि ठूलो कुरा मान्नु पर्ने । तर पनि छोरीको दिमाख भने कडा नै थियो कतिले त वावु गोत गएकी भन्थे । मलाई खूव माया गर्थी ।

मैले पनि लैङ्गिक भेदभाव विना नै छोरासरह व्यवहार गर्थेँ । तापनि घरीघरी भने सामाजिक परिवन्धले वाँधिएका हामीहरु कतिपय अवस्थामा समाजको मूखमा बुजो लगाउन नसक्ने यथार्थता त मैले पनि छिपाउन सक्दिन । पाइला लामो वनाउँछु भन्दा भन्दै पनि असजिलो महशुस भैरहेको छ । हुन त थकाइ पनि लागिसक्यो । अघि देउरालीमा खाएको केराउको तरकारी र सेल ले पनि अव कति धानोस् ? अँध्यारोले अलि अलि गर्दै च्याप्दै लगेको थियो । म त्यै अँध्याराको बिचवाट जुनकिरी वन्दै नयाँ वाटोमा अगाडि वढिरहेको थिएँ । नयाँ ठाउँ भएकोले पनि डर लागेको थिएन । हेर्नुस भिडियो:
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger