Latest Updates :

भर्खरै कठमाण्डौ मित्रनगर बाट आयो अर्को ठुलो दुखद खबर….(पुरा बिवरण हेर्नुहोस्)

SHARE THIS POST :
काठमाडौं– बालाजुतिर राजु थापालाई चिन्ने नाम ‘राज’ हो । काठमाडौं–२६ मित्रनगरस्थित नयाँ बसपार्कमा उनले ‘साकिरा’ नामको डान्स बार सञ्चालन गरेका छन् । चैत १२ गते साँझ ६ बज्दै थियो, डान्सबारका स्टाफ भर्खर फाट्टफुट्ट आइपुगेका थिए, ठिक त्यहिबेला महानगरीय प्रहरी वृत्त महराजगञ्जका डिएसपी योगेन्द्र थापा ‘साकिरा डान्स बार’ भित्र छिरे ।

आफ्नो टोलीसहित गएका डिएसपी थापाले राजु र उनकी श्रीमती किदीपा भन्ने पम्फा लामिछाने दुवैलाई नियन्त्रणमा लिए । राजु र किदीपाले लामो समयदेखि यौनधन्दा चलाएको सुचना डिएसपी थापालाई थियो ।

प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गर्दै जाँदा खुल्यो राजु र उनकी पत्नि मिलेर काठमाडौं–२६ स्थित नयाँ बसपार्कमा रहेको साकिरा डान्स बार नजिकै फ्ल्याटमा यौनधन्दा चलाउँदै आएका थिए ।

‘राजु र किदीपालाई मानव वेचविखन तथा ओसारपसार मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ महागनरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘उनीहरुले मासिक ५० हजार तलव दिएर युवतीहरुलाई जबरजस्ती यौनधन्दामा लगाउने गरेको खुल्न आएको छ ।’

राजुको फ्ल्याटमा बसेर मासिक ५० हजार तलब खाने मध्येकी एक युवती बिरामी थिइन् । एपेन्डीसाइडको अप्रेशन गरेको ती युवतीलाई राजुले जबर्जस्ती एक पुरुषसँग यौन सम्पर्क गर्न दबाब दिएपछि उनले सञ्चालन गर्दै आएको यौनधन्दाको रहस्य खुलेको थियो ।

एसएसपी पोखरेलका अनुसार उनले जबर्जस्ती यौन क्रियाकलाप गर्न बाध्य दुई युवतीहरुले प्रहरीमा उजुरी दिएका छन् । राजु र किदीपाले ग्राहक खोजेर फ्ल्याटमा बसेका युवतीहरुलाई विभिन्न होटलमा बसेका स्वदेशी र विदेशी ग्राहक समक्ष ट्याक्सीमा हालेर छोड्न जाने गरेका थिए।प्रतिक्रिया दिनुहोस्


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger