Latest Updates :

भाईबर र ईमोबाट डेढ कारोड ठगी गर्ने ९ जनालाई कास्की प्रहरीद्वारा पक्राउ

SHARE THIS POST :
चैत्र ४, पोखरा । सामाजिकहरु सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट ठगी गर्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेर कार्वाही अगाडी बढाएको छ । चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालबाट पैसा ठगी गरेका उनीहरुलाई लामो समय अनुसन्धान गरेर पक्राउ गरेको हो । कास्की प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी आरोपितहरु सार्वजनिक गरेको हो ।

विभिन्न ३ वटा घटनामा संलग्न ९ जनालाई नै सोमबार सार्वजनिक गरिएको हो । पाल्पा निस्दीका २६ बर्षिय यामबहादुर मगर, धादिङ नेत्रवती गाउँपालिकाका २८ बर्षिय ठाकुर गुरुङ, २८ बर्षिय गणेश गुरुङ, १९ बर्षिय मनोज तामाङ, धादिङकै खनियाबास गाउँपालिकाका २६ बर्षिय टेकबहादुर तामाङ, २५ बर्षिय जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका २४ बर्षिया संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी ३५ बर्षिय कामनी तिवारी र ४५ बर्षिय योगेन्द्र तिवारी पक्राउ परेका हुन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger