Latest Updates :

बस दुर्घटनामा एक महिलाको मृत्यु, १० जना घाइते

SHARE THIS POST :
बागलुङ, चैत ६ – बाग्लुङ जिल्लाको ढोरपाटनमा मंगलबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।

बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट बडिगाड खोलामा खस्दा अन्दाजी ६५ वर्षीया महिलाको ज्यान गएको हो । मृतकको सनाखत हुन नसकेकाले नाम ठेगाना पत्ता लगाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताउनुभयो ।

दुर्घटनामा परि चालक सहित १० जना घाइते भएका छन् । जस मध्ये भारत रामपुर रतनपुरा बस्ने वर्ष ३३ को मुस्तेतार अलि र  ढोरपाटन ८ का वर्ष १५ की चन्द्रमला विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । बसमा सवार ७ जना भने सकुशल रहेका छन् ।

दुर्घटनामा घाइते भएका चालक पाल्पा जिल्ला रिप्तीकोट–५  का ४७ वर्षीय कलबहादुर थापा, उनका २१ वर्षीय छोरा विमल थापा, बागलुङ तमानखोला–२ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका–८ का ५० वर्षीय नरबहादुर विक, त्यही स्थानका ४५ वर्षीय दुर्गाबहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने वर्ष ३३ को मुस्तेतार अलि,  भारत रतनपुरका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ का वर्ष २२ का सुभास विक र वर्ष ९ की आशिका विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger