Latest Updates :

मन्त्री घिमिरेलाई बम प्रहार

SHARE THIS POST :
पथरी । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई लक्षित गरी मोरङको पथरी शनिश्चरेमा बम प्रहार भएको छ ।

विराटनगरबाट झापा प्रस्थान गरेका मन्त्री घिमिरे चढेको गाडीनजिक आइतबार बिहान बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । पूर्वपश्चिम राजमार्गस्थित पथरीको हरियाली सामुदायिक वन नजिकको सडकमा मन्त्री घिमिरे गुगेपछि सुतली बम विस्फोट भएको थियो । तत्कालै बम प्रहार गरेर केही युवाहरु भागेको भनिए पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन।

विप्लव माओवादीले बन्दको आह्वान गरेको अवस्थामा उसैले बम विस्फोट गराएको हुनसक्ने प्रहरीको भनाइ छ । बन्द आह्वान गरेको भनिए पनि सुनसरी र मोरङमा बन्दको कुनै प्रभाव परेको छैन । यातायात र पसलहरु भने सुचारु भइरहेको छ । अन्य पहाडी जिल्लामा भने बन्दको प्रभाव देखिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger