Latest Updates :

चैतेदशैंमा युवतीले आफ्नै आँखा झिकेर ‘दुर्गा माता’लाई चढाएपछि…मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोला

SHARE THIS POST :
केही भक्तहरु आफूले आस्था राख्ने भगवानप्रति यतिसम्म आस्थावान हुन्छन् कि उनीहरु भगवानको लागि जे पनि गर्न तयार हुन्छन् । भगवानको लागि ज्यानै जोखिममा पार्ने गरेका खबरहरु बेलाबेलामा आइरहन्छन् । एक युवतीले यस्तै खतरनाक कदम उठाउँदै सबैलाई चकित पारिदिएकी छिन् । बिहारको दरभंगामा एक युवतीले दुर्गा मातालाई खुसी पार्न भन्दै आफ्नो आँखा आफ्नै हातले झिकेर मातालाई चढाइन् ।

यो घटना मन्दिरमा चैतेदशैंको पूजाको क्रममा भएको थियो । मन्दिरमा भएका व्यक्तिहरुले ती युवतीलाई यस्तो गर्दै गरेको देख्दासम्म उनको आँखा हातमा आइसकेको थियो । त्यहाँ भएका सबै श्रद्धालुहरु चकित परे । ती युवतीको अनुहार रगतले लत्पतियो । त्यस्तो अवस्थामा पनि ती युवती आफ्नो आँखा मातालाई अर्पण गर्ने निद्दी गरिरहिन् । ती युवतीलाई तत्काल अस्पताल भर्ना गरियो । उनको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
दरभंगाको सिरुआ गाउँका अरुण सिंहकी छोरी कोमल कुमारीले मातालाई अर्पण गर्न भन्दै आफ्नै आँखा निकालेकी हुन् । शनिबार चैते नवरात्रको अवसरमा माताको कलश शोभायात्रा निकालिएको थियो । यसमा शोभा पनि सहभागी थिइन् । उनी अन्य कन्याहरुसँगै कलश लिएर मन्दिर पुगिन् । मन्दिरमा मातालाई चक्षुदानको लागि पूजा हुँदै गर्दा उनले पुजारीसँग आफ्नै आँखा चढाउने बताएकी थिइन् । पुजारीले यसो गर्न दिएनन् ।

त्यसपछि उनी झिर झुकाएर उभिइरहिन् । त्यहाँ भएका भक्तहरुलाई लाग्यो उनी माताको ध्यान गरिरहेकी छिन् । केही बेरमै उनले आफ्ना औंलाले आँखा निकाल्न थालिन् । अचानक उनले आफ्नो बायाँ आँखा बाहिर निकालिन् । उनको आँखा बाहिर निस्किएर झुण्डियो । यो देखेर त्यहाँ भएका मानिसहरु चकित परे । वरिपरि भएका भक्तहरुले उनका दुवै हात समाते । उनीले आँखा मातालाई चढाउने जिद्दी गरिरहिन् । उनलाई हतारहतार अस्पताल भर्ना गरिएको छ । उनको आँखा ठिक हुन सक्छ वा सक्दैन भन्ने जाँच भइरहेको छ । डाक्टरहरुले भने उनले बायाँ आँखाको ज्योति गुमाउने सम्भावना बढी भएको बताएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger