Latest Updates :

हेर्नुहोस गृहमन्त्री थापा एक्सनमा, एकैदिनमा समातिए ५१ वटा सरकारी गाडी, कसैलाई नछाड्न निर्देशन

SHARE THIS POST :
ट्राफिक प्रहरीले शनिबार काठमाडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको हो ।गृहमन्त्री रामबहादुर थापाले सरकारी सवारीसाधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो ।शनिबार २० चारपांग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।बिदाका दिन पनि सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग हुने गरेको सूचना प्राप्त भएपछि गृहमन्त्री थापाले शुक्रबार साँझ महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनाललाई त्यस्ता सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।शनिबार नियन्त्रणमा लिइएका सवारीसाधन स्वास्थ्य, सूचना तथा सञ्चार, कृषि विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका छन् । यसबाहेक नगरपालिकाका गाडी तथा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।महाशाखाका सहप्रवक्ता डिएसपी मुकुन्द मरासिनीले सरकारी बिदामा दुरुपयोग गरिएका गाडी शनिबारबाट नियन्त्रणमा लिन सुरु गरिएको बताए । उनले भने, ‘सरकारी सवारीसाधन बिदाका दिन पनि चलाइएको सूचना आयो ।यो अख्तियारको दुरुपयोग हो । यसलाई नियन्त्रण गरिनु आवश्यक देखियो । यस सम्बन्धमा छलफल भयो र नियन्त्रण अभियान सुरु गरियो ।’ट्राफिक प्रहरीले पास लिएर चलाइएका सरकारी गाडी तथा मोटरसाइकललाई भने जाँचबुझपछि छाडिदिएको छ ।सार्वजनिक बिदाका दिन मन्त्रालयको गाडी तथा मोटरसाइकल चलाउन सम्बन्धित मन्त्रालयका सचिवको अनुमति चाहिन्छ ।सरकारमातहतका संस्था, निगम, प्राधिकरण, प्रतिष्ठान, आयोगका गाडी तथा मोटरसाइकल चलाउन सम्बन्धित संस्था प्रमुखको अनुमति आवश्यक पर्छ ।त्यस्तै, सरकारका विभाग, महाशाखा, शाखा, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिलगायत सरकारी कार्यालयको गाडी तथा मोटरसाइकल चलाउन पनि प्रमुख वा प्रमुखले अख्तियारी दिएको अधिकारीको अनुमति चाहिन्छ । त्यसबाहेक कसैले गाडी तथा मोटरसाइकल चलाए अख्तियारको दुरुपयोग ठहरिन्छ ।महाशाखाका डिएसपी मरासिनीले भने, ‘बिदाका दिन अनुमति लिएर सवारीसाधन चलाउन पाइन्छ । अनुमति नलिई कसैले चलायो भने अख्तियारको दुरुपयोग हो ।शनिबार पनि अनुमति लिएर चलाइएका सावरीसाधन छाडिएका छन् । जसले विनाअनुमति चलाएको छ । त्यसलाई समातिएको छ ।’महाशाखाका अनुसार बिदाका दिन चलाइने सरकारी सवारीसाधनलाई नियन्त्रण गर्ने अभियान निरन्तर चल्नेछ । नियन्त्रणमा लिइएका सवारीसाधनका चालकलाई नियमअनुसार कारबाही तथा आवश्यक जरिवाना गरिनेछ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger