Latest Updates :

छोरी जन्माएको भन्दै श्रीमानले गरे श्रीमतीलाई एसिड आक्रमण भिडियो

SHARE THIS POST :
एजेन्सी। छोरी जन्माएको भन्दै एक श्रीमानले श्रीमती माथि एसिड फ्याँकेका छन्। भारतको नयाँ दिल्ली नजिकको ठाउँ मोरादाबादमा उक्त घटना घटेको हो। २५ वर्षिया श्रीमती फराह बिविले दाइजो पर्याप्त नल्याएको भन्दै ३२ वर्षीय श्रीमान सिराज बिविले विभिन्न यातना दिने गर्थे। श्रीमती गर्भवती भएपछि छोरा जन्मने आशा बोकेका उनले जब छोरी जन्मीइन्, श्रीमती माथि एसिड फ्याँके। एसिडले फराहको अनुहार, हात र पेटमा असर परेको छ भने श्रीमान सिराज फरार छन्। सिराजको अपराधमा उनको परिवार पनि संलग्न रहेको छ। परिवारले फराहले जानी-जानी छोरी जन्माएको आरोप लगाएको थियो। जलेको अनुहार लिएर अस्पताल गएकी फराहको उपचार भइरहेको छ भने प्रहरीले सिराजको खोजतलास सुरु गरेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger