महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका इन्सपेक्टर प्रताप पौडेलेको कमाण्डमा खटिएको प्रहरीले टोलीले उनिहरुलाई १ लाख ४७ हजार नगद सहित पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्य जुवाडेहरुमा शैलेन्द्र खड्का, संजय कुमार तामाङ, अरुण कुमार महर्जन, अनिल गुरुङ र विष्णु श्रेष्ठ रहेका छन् । जुवा खेलाउने कालो बंगुरको सेकुवा घरका मालिक अर्जुन ठकुरी फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसैबीच ओखरको प्रयोग गरी जुवा खेलिरहेका अवस्थामा ३ लाख ६८ हजार नगद सहित १७ जनालाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक शर्मिला पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले उनिहरुलाई चन्द्रागिरी नगरपालिका–८ स्थित ग्रिन हिल रिसोर्टको कम्पाउण्ड भित्रको खाली जग्गबाट नियन्त्रणमा लिएको बताईएको छ ।
साभार: सत्य समाचार
Post a Comment