Latest Updates :

भर्खरै काठमांडौ बाट आयो सबैनेपाली लाइ चकित पार्ने ख़तरनाक खबर

SHARE THIS POST :
काठमाडौं–सार्वजनिक गाडीमा पाकेटमारी गरिहेको अवस्थामा पक्राउ गरेको श्रीमानलाई छुटाउन प्रहरीलाई घुस खुवाउन खोज्ने ‘पाकेमार पत्नी’ समेत पक्राउ परेकी छिन् ।बुधबार कोटेश्वरबाट गौशाला जाँदै गरेको सार्वजनिक गाडीमा यात्रा गरिहेका सरोज कार्कीले आफ्नो साथमा ७५ हजार बोकेका थिए ।

‘आले’ भन्ने विवेक लामाले काभ्रेको धुलिखेल स्थायी घर भएका सरोजको गोजीमा हात हालेर उक्त रकम निकाल्दै गर्दै सादा पोशाकमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर, ललितपुरको ग्वार्को बस्दै आएका विवेकमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

प्रारम्भिक अनुसन्धान चलिरहेको बेला विवेककी श्रीमती शर्मिला लामाले आफ्नो ‘पाकेटमार श्रीमान्’ छुटाउन अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीलाई ३ लाख भन्दा बढी घुस रकमको प्रस्ताव गरिन् ।

‘यसरी प्रहरी कर्मचारीलाई घुस रकम दिन खोज्ने शर्मिला तामाङलाई उनले दिन ल्याएको रकम सहित नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘उनको साथबाट ३ लाख २४ हजार बरामद भएको छ, आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

शर्मिलाले आर्थिक प्रलोभन देखाएर अनुसन्धान प्रभावित बनाइ पति छुटाउने र अन्त्यमा प्रहरीलाई नै षड्यन्त्र गरेर फसाउने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।आले’ समूहले आ–आफ्नो काम छुट्याएर सार्वजनिक यातायातमा यात्रारत यात्रुहरुलाई घचेटेर हुलदंगा गर्र्दै योजनाबद्ध पाकेटमारी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पाकेटमारी गर्ने क्रममा पिडितले थाहा पाएमा रकम भुँइमा फालेर पुनः पीडितलाई ‘तपाईको पैसा झरेको रहेछ’ भनि फिर्ता दिने उनीहरुको ‘ट्याक्टिस’ रहेको बताईएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger