Latest Updates :

बल्ल खुल्यो गोरीकला रोकायाको हत्या हुनुको मुख्य कारण, २ जना प्रहरीले यस्तो सम्म गरेका रहेछन रंगशालामा लगेर

SHARE THIS POST :

एसइई परीक्षा दिन पञ्चपुरी नगरपालिकाको बाबियाचौर आएकी युवती गोरीकला रोकायाको बलात्कारपछि हत्या भएको पाइएको छ। मंगलबार बिहान कोठामा मृत फेला परेकी १८ वर्षीया रोकायको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बलात्कार र हत्यामा संलग्न प्रहरी जवानसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए। पञ्चपुरी–३ चौर घर भएकी रोकाय एसइईको परीक्षा दिन बाबियाचौरमा कोठा भाडामा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार युवती बलात्कार र हत्यामा बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान हरि कोइराला, पञ्चपुरी–८ माझीगाउँका २८ वर्षीय खुमप्रसाद बास्तोला र उनका भाई २० वर्षीय लक्ष्मी बास्तोला संलग्न रहेको पाइएको छ। ‘हामी घटनाको अनुसन्धानमै छौं, अहिलेसम्मको प्रारम्भीक अनुसन्धानबाट बलात्कार र हत्यामा तीन जनाको प्रत्यक्ष संलग्तना देखिएको छ’ एसपी चर्तुवेदीले भने, ‘तीनै जनालाई कर्तव्य ज्यान र जबरजस्ती करणीमा मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाएका छौं।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरेन्द्रनगरमा दरबन्दी रहेका ट्राफिक जवान कोइराला सात दिनअघि मात्रै बाबियाचौर गएका थिए। वीरेन्द्रनगरमा होटल व्यवसाय गर्ने लक्ष्मी बास्तोलासँग कोइरालाको पुरानो चिनजान थियो। सोमबार बिहान बाबियाचौरमा भेट भएपछि कोइरालाले लक्ष्मीलाई ‘केटी मिलाइ दिन’ आग्रह गरे। लक्ष्मीले गोरिकलालाई फोन गरे। फोनमा राति भेट्ने सहमति भयो।

ट्राफिक प्रहरी कोइराला आफ्नो ड्यूटी सकेपछि लक्ष्मीको घर माझीगाउँ गए। त्यहाँको एक होटलमा दुबैले मदिरा सेवन गरे। राति साढे ११ बजे एउटै मोटसाइकलमा गोरीकलाको कोठामा आएका उनीहरूले सोही मोटरसाइकलमा राखेर उनलाई नजिकैको रंगशालामा पुर्याए। ‘त्यहाँ उनीहरूबीच शारीरिक सम्पर्क भएको पक्राउ परेकाहरुले स्वीकारेका छन्’ एसपी चर्तुवेदीले भने, ‘बिहान साढे १ बजेतिर बालिकालाई कोठामा पु¥याउन आउने बेला हत्या भएको देखिन्छ।’

प्रारम्भीक बयानका क्रममा पक्राउ परेकाहरूले बलात्कार गरेको स्वीकारे पनि हत्या नगरेको दाबी गरेका छन्। पक्राउ परेकाहरूले मोटरसाइकल दुर्घटना हुँदा गोरिकला घाइते भएको बयान दिएपनि दुर्घटना भएको भनिएको मोटरसाइकलमा कुनै प्रकारको क्षति छैन्। मोटरसाइकलमा रगत भने देखिन्छ।

‘पक्राउ परेकाहरुले मोटसाइकल दुर्घटना हुँदा युवती घाइते भएको र घाइते अवस्थामै डो¥याएर कोठामा पु¥याएको बताएका छन्’ उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको बास्तविकता थाहा हुन्छ।’ प्रहरीका अनुसार युवतीको दाँया कन्चटमा गहिरो चोट छ। दुबै खुट्टाका औला पोलिएका छन्। शरीरका अन्य भागमा पनि निलडाम छ।

‘दोषीलाई कारवाही हुन्छ’ आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले गोरिकला रोकायको हत्यामा संलग्नलाई कानुन अनुसार कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्। उनले शक्ति र पहुँचका आधारमा घटनामा संलग्नलाई उन्मुक्ति दिन नहुने भन्दै दबाब र प्रभावमा नपरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिए।

‘कर्णाली प्रदेशका प्रहरी प्रमुखलाई बोलाएर घटनामा संलग्नहरूको खोजी र कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छु’ बुधबार महिला अधिकारकर्मीसँगको छलफलमा उनले भने, ‘दबाब प्रभाव, शक्ति र पहुँचका आधारमा कसैले पनि उन्मुक्ति पाउँदैनन्।’ उनले पछिल्लो समय महिलामाथि हुने हिंसाका घटनाहरू बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्नका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger