Latest Updates :

कोटेश्वरमा प्रहरीको आकस्मिक छापा, २६ जना पक्राउ

SHARE THIS POST :
प्रहरीले कोटेश्वर क्षेत्रमा आकस्मिक छापा मारी २६ जनालाई पक्राउ गरेको छ।

उपत्यकाको शान्ति सुरक्षालाई मजबुत तथा उपत्यकामा हुने आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी परिसर काठमाडौंले केही समय अघिदेखि आकस्मिक रूपमा चेकजाँच थालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।


आइतबार प्रहरीले कोटेश्वर क्षेत्रका ६५ ओटा होटल लज, रेष्टुरेण्टमा छापा मारी २६ जनालाई पक्राउ गरिएको एसएसपी पोखरेलले जानकारी दिए।

शंकास्पद गतिविधिका २६ जनामा १० जना महिला रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूका बारेमा अनुसन्धान भइरहेको उनले जनाए।

काठमाडौं प्रहरीले प्रत्येक दिन फरक फरक स्थानमा आकस्मिक रूपमा छापा मार्दै सुरक्षा चेकजाँच गदै आएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger