Latest Updates :

छुरा रोपी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ,आखिर किन गरे त हत्या यस्तो छ कारण (भिडियो)

SHARE THIS POST :

काठमाडौँ, १८ चैत । प्रहरीले श्रीमतीको हत्या गरी फरार अभियुक्त श्रीमान्लाई २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट बेलकोटगढीकी २३ वर्षीया नमुना लामाको हत्याको अभियोगमा सोही क्षेत्रकै २१ वर्षीय प्रकाश तामाङलाई आज पक्राउ गरेको हो ।

अभियुक्त तामाङले शुक्रबार ३ बजे चन्द्रागिरि नगरपालिका–१४ नैकापमा डेरामा बस्दै आएकी श्रीमतीलाई शरीरका विभिन्न भागमा धारिलो छुरा प्रहार गरी हत्या गरी फरार भएकामा धादिङ गोगनपानी गल्छीबाट पक्राउ गरिएको थियो ।

छ वर्षअघि विवाह बन्धनमा बाँधिएका उनीहरुबीच लामो समयदेखि मनमुटाव रहेको र श्रीमती तामाङले घर छोडेर बाहिर बस्ने गरेको तथा परपुरुषसँगको सम्बन्धका कारण बारम्बार झगडा हुने गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger