Latest Updates :

थपियो मुटु काम्प्ने दुर्घटना , यात्रुको सनाखत हुन बाकि

SHARE THIS POST :
सिन्धुली, फागुन ४ – बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको घट्नास्थलमै ज्यान गएको छ । सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप बेलुका पाँच बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिनु भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद शर्माले मृतकको सनाखत भइनसकेको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते यात्रुहरुलाई उपचारका लागि सिन्धुली अस्पतालमा पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।सिन्धुली अस्पतालका मेडिकल अधिकृत डा. प्रेरित देवकोटाले अस्पतालमा १६ जना घाइते यात्रु ल्याइएको र घाइतेमध्ये गम्भीर रहेका पाँच जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जानकारी दिनुभयो । बाबुराम देवकोटा/उज्यालो

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger