Latest Updates :

वरिष्ठ अधिकारी सवार हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

SHARE THIS POST :
काठमाडौं, ६ फागुन । मेक्सिकोमा वरिष्ठ अधिकारीहरु सवार रहेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । सान्तिआगोमा अवतरण गर्ने क्रममा हेलिबप्टर दुर्घटना भएको बताइएको छ ।

दुर्घटनास्थल भूकम्पको केन्द्रविन्दु ओक्साआका नजिकै पर्दछ । मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओक्साकाका गभर्नर समेत सो हेलिकप्टरमा सवार रहेका थिए । यद्यपि उनीहरुलाई सामान्य चोट लागेको छ ।

सो हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताईएको छ । दुर्घटनामा ६ महिने बच्चा समेत रहेका छन् ।

मेक्सिकोको ओक्साआकामा शुक्रबार ७ दशमलव २ रेक्टरको स्केलको भूकम्प गएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger