Latest Updates :

थपियो मुटु काम्प्ने दुर्घटना , यात्रुको सनाखत हुन बाकि

SHARE THIS POST :

 बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको घट्नास्थलमै ज्यान गएको छ । सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप बेलुका पाँच बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।



घटनास्थलमा खटिनु भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद शर्माले मृतकको सनाखत भइनसकेको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते यात्रुहरुलाई उपचारका लागि सिन्धुली अस्पतालमा पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।सिन्धुली अस्पतालका मेडिकल अधिकृत डा. प्रेरित देवकोटाले अस्पतालमा १६ जना घाइते यात्रु ल्याइएको र घाइतेमध्ये गम्भीर रहेका पाँच जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जानकारी दिनुभयो । बाबुराम देवकोटा/उज्यालो

यो अनि पढौ :
ओली प्रधानमन्त्री भएपछी चिनले दिए ३ करोड नेपालीलाई खुशीको खबर

काठमाडौं । नेपाली प्राविधिकहरुलाई चीनमा रेलसम्बन्धी तालिम दिने तयारी शुरु भएको छ । गत २४ कात्तिकमै चिनियाँ पक्षले नेपाल चीन रेलमार्ग सम्भव रहेको प्रतिवेदन दिइसकेको छ ।

नेपालसँग ५३ किलोमिटर लामो जनकपुर जयनगर ‘न्यारो गेज’बाहेक रेलमार्ग सञ्चालनको अनुभव छैन । सोही कारण चीनले नेपाली इन्जिनियरहरुलाई तालिम दिन लागेको हो । उनीहरुलाई छिट्टै चीन पठाउने तयारीमा छ, रेल विभाग ।

कात्तिकमा चिनियाँ टोली फर्किएलगत्तै त्यहाँको नेसनल रेलवे एडमिनिस्ट्रेसन एनआरएले रेल्वे विभागलाई पत्र लेख्दै प्राविधिक तालिमका लागि प्रस्ताव गर्न आग्रह गरेको थियो । विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार तीन चरणको तालिमका लागि सहमति जुटिसकेको छ ।आधारभूतसहित आधुनिक प्रविधिका सबै पाटोबारे नेपाली इन्जिनियरहरुले तालिम पाउने आचार्यले जानकारी दिए । चिनियाँ टोलीले केरुङ काठमाडौं, काठमाडौं पोखरा र काठमाडौं(लुम्बिनी रेलमार्ग निर्माण सम्भव रहेको बताइसकेको छ ।

‘हाम्रा इन्जिनियरहरु रेलका प्राविधिक पाटोमा अभ्यस्त छैनन् । त्यसैले यो तालिम हाम्रा लागि महत्वपूर्ण हुनेछ,’ आचार्य भन्छन्, ‘रेलमार्ग अगाडि बढाउन सहज पनि हुनेछ ।’तालिमको प्रस्तावबाट रेलमार्ग निर्माणमा चीन प्रतिबद्ध रहेको सन्देश पाइएको विभागका अधिकारीहरु बताउँछन् ।

चीनसँगको प्रस्तावित रेलमार्ग निर्माणका लागि नेपाल सरकारले औपचारिक आग्रह गर्न बाँकी छ । महानिर्देशक आचार्यका अनुसार ठोस रुपमा काम थाल्न दुई देशबीच औपचारिक सम्झौता हुनुपर्छ ।चीनले सन् २००६मै ११ सय किमि लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । हाल ल्हासा सिगात्से रेलमार्ग निर्माणाधीन छ । र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ ।

उक्त मार्गलाई काठमाडौंसम्म जोड्ने चिनियाँ सोच देखिन्छ । र, काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेलमार्ग निर्माणको योजनामा गृहकार्य भइरहेको छ ।तथापि, प्रारम्भिक अध्ययनमा तीन वटै मार्गमा केही भौगर्भिक र भौगोलिक समस्या औंल्याएको छ, चिनियाँ टोलीले । नेपाल इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको बीचमा पर्छ । दुई प्लेट आपसमा रगडिँदा रेलमार्गको सुरुङमा समस्या आउने उक्त टोलीको निष्कर्ष छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger