ब्रेकिङ्ग न्युज - बलिउड अभिनेत्री श्रीदेवी को हृदयघात द्वार मृत्यु ( भिडिओ सहित )
बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् ।श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी थिइन् ।उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा पनि अभिनय गरिन् ।दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् ।८० को दशक हिन्दी फिल्ममा हिरोइनको हिसाबमा श्रीदेवीको दशक नै बन्यो । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् । उनलाई ‘लेडी अमिताभ बच्चन’ भन्न थालियो ।जितेन्द्र र श्रीदेवी मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दर्शकमाझ ल्याएका थिए ।सन् १९९७ मा फिल्म ‘जुदाई’ पछि श्रीदेवी १५ वर्षका लागि फिल्मबाट बाहिर रहिन् । तर, सन् २०१२ मा इङ्लिस-भिङ्लिस फिल्ममा अभिनय गरिन् । यो फिल्म पनि सुपरहिट भयो ।सन् २०१७ माा श्रीदवेको फिल्म ‘मम’ रिलिज भएको थियो । श्रीदेवीले फिल्ममा लामो समय काम गरिन् र ‘मम’ उनको ३ सय औं फिल्म थियो ।
Post a Comment