गएराती बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएपछि यतिबेला बलिउड शोकमग्न छ । कैयौँ कलाकारले उनको निधनको खबर पाए लगत्तै शनिबारको दिन बलिउडका लागी कालो दिन भएको भन्दै सामाजिक संजालमा श्रद्धान्जली लेखेका छन् ।
तर अन्य कलाकारहरुभन्दा पाका कलाकार अमिताभ बच्चनले श्रीदेवीको मृत्यु हुनु अगावै गरेको ट्वीट अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ।
अभिनेत्री श्रीदेवीको निधन हुनुअघि नै उनले ‘थाहा छैन किन मलाई एक अनौँठो भान भइरहेको छ’। ट्विट गरेको २० मिनेटपछि श्रीदेवीको ज्यान गएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
Post a Comment