Latest Updates :

आजदेखि शितकालिन ओलम्पिक : बन्ला त उत्तर र दक्षिण कोरियाको सम्बन्ध सुधारको अस्त्र ?

SHARE THIS POST :
एजेन्सी । आजदेखि २३ औँ शितकालिन ओलम्पिक दक्षिण कोरियाको प्योङचाङमा सुरु हुँदैछ। परमाणु कार्याक्रमका कारण लामो समयदेखि चिसिएको सम्बन्धका बावजुत पनि दुई कोरियाले एउटै झण्डामुनी ओलम्पिक खेल्न लागेका हुन्। उद्घाटन सत्रमा दुई कोरियाले एउटै साझा झण्डा लिएर संयुक्त मार्च गर्नेछन्।

उत्तर र दक्षिण कोरियाबीच विवाद भइरहेका बेला हुन लागेको यो ओलम्पिकलाई निकै महत्वका साथ हेरिएको छ। यो ओलम्पिक दुई देशको विगतको चिसो सम्बन्धलाई विर्साएर नयाँ सम्बन्ध कायम गर्ने महत्वपूर्ण अस्त्र बन्ने धेरैको विश्वास छ।

दक्षिण कोरियाले वार्ताका लागि पटक पटक आग्रह गर्दा पनि अस्वीकार गर्दै आएको उत्तर कोरियाले केही समयअघि आफै वार्तामा बस्न तयार रहेको जनाएको थियो। उत्तर कोरियाको उक्त आग्रहलाई दक्षिण कोरियाले स्वीकार गर्दै दुबै देश वार्ताका लागि तयार भएका थिए।

युद्धका लागि दुबै देशले आम्नेसाम्ने हुने संकेत देखाइरहदा अचानक भएको सफल वार्ताले धेरैलाई आश्चर्यमा पारेको थियो। उक्त वार्तापछि दक्षिणमा हुने शितकालिन ओलम्पिकमा भाग लिन उत्तर कोरिया तयार भएको हो।

उत्तर र दक्षिणको आईस हक्कि टिम संयुक्त रुपमा अन्य देशसँग भिड्ने छन्। यसैगरी रुसका एथलेटिक्स खेलाडीहरु पनि ओलम्पिकको झण्डामुनि खेल्नेछन्। रुसका धेरै खेलाडीहरु डोपिङमा परेपछि यस पटकको प्रतियोगितामा रुसको झण्डा नफहराइने भएको हो।

१७ दिनसम्म चल्ने उक्त प्रतियोगितामा १५ देशका खेलाडीले सहभागीता जनाउदैछन्।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger