Latest Updates :

ज्याकलिनले पोल डान्समा देखाएको हर्कतले ‘रेस –३’का निर्देशकनै हुरुक्कै भएपछि

SHARE THIS POST :
एजेन्सी । केही समयअघि अभिनेत्री ज्याकलिन फर्नाडीजले पोल डान्स गरेको भिडियो भाइरल भएको थियो । पोल डान्स एक किसिमको कामुक नृत्य हो । नृत्य र जिम्न्यास्टिकको संयोजनबाट तय गरिएको पोल डान्स अक्सर स्ट्रिप क्लबमा देखाइन्छ । यी बलिउड सुन्दरीले जब कामुक पोल डान्स देखाइदिए, त्यसको राप सर्वत्र फैलियो । र, यसले रेमो डिसूजालाई पनि हुरुक्कै बनाएछ । उनले आफ्नो फिल्म ‘रेस(३’ मा ज्याकलिनको पोल डान्स दोहोर्‍याउने टुंगो गरे । यो फिल्म ‘रेस’ र ‘रेस(२’को सिक्वेल हो ।

निर्देशक रेमो डिसूजाले भनेका छन्, ‘ज्याकलिन एकदमै मिहेनती छिन् । कम समयमै उनी पोल डान्समा परांगत भएकी छिन् । हामीले उनको पोल डान्सको कौशल त देखिसकेका छौं । त्यसैले उक्त डान्सलाई म आफ्नो फिल्ममा सामेल गर्दैछु ।’ ‘रेस ३’ मा सलमान खानसँग ज्याकलिन फर्नाडिजले रोमान्स गर्दैछिन् । यसअघि उनीहरु ब्लकबस्टर फिल्म ‘किक’मा देखिएका थिए । जब यहि जोडी ‘रेस ३’ मा दोहोरिने चर्चा भयो, तब फिल्मले राम्रो पब्लिसिटी पाइरहेको छ । सलमान खान फिल्म्स् र रमेश तौरानीको टिप्स फिल्म्स्को ब्यानरमा बन्ने यो फिल्म आगमी ईदमा सार्वजनिक हुनेछ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger