उदयपुरको चौदण्डीगढी नगरपालिका–९ डुंगाका प्रदिप र अन्जु तामाङको तिम्ल्याहा छोरी जन्मिएका थिए । २५ वर्षीया अन्जुले उनीहरुलाई सामान्य प्रसुतिबाटै जन्म दिनुभएको थियो । शरीरमा रगतको कमि भएकोले रगत चढाउने क्रममा अन्जुको स्वास्थ्य अचानक बिग्रिएको र उपचारकै क्रममा माघ ६ गते ज्यान गएको थियो ।
आमाको निधन भएपछि बाबु र परिवारका सदस्यहरुको स्याहारमा हुर्किरहेका उनीहरुको तौल सामान्य रहेको र स्वास्थ्य अवस्था पनि खतरा बाहिरै रहेको थियो । तिम्ल्याहा छोरीलाई अहिले सुनसरी झुम्कामा रहेको घरमा राखेर स्याहार र उपचार गरिरहेको बाबु प्रदिपले बताउनुभयो ।
‘कहिले चिसो लाग्छ, कहिले पखाला लाग्छ, अहिले जण्डिसले सताएको छ’ उहाँले भन्नुभयो, ‘तीनवटी छोरीलाई आमाको सहारा बिना हुर्काउन सारै गाह्रो भइरहेको छ ।’ सुमन तिमल्सिना/उज्यालो
Post a Comment