Latest Updates :

मन्त्रालयमा बसेनन लालबाबु शनिबार बिहानै भेटिए यस्तो अबस्थामा

SHARE THIS POST :
काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित सडक सरसफाइमा निस्केका छन् ।

काठमाडौंको धुँवा र धलो नियन्त्रण गर्ने पहिलो काम बनाएका मन्त्री पण्डित शनिबार विहान चक्रपथ सरसफाइमा निस्केका हुन् । सरोकारवालाहरु ४५ हप्ता पहिलेबाट चक्रपथको सरसफाइ गर्दै अाएका छन् ।

यसअघि सामान्य प्रशासनमन्‍त्री हुँदा पीअार र ग्रिनकार्डधारी कर्मचारीको सातो खाएका पण्डितले अब कसरी काम गर्लान सबैको ध्यान छ ।

यो पनि पद्नुहोस

सिरहा २ बाट निर्वाचित सांसद सुरेशचन्द्र दास भारतीय मतदाता भएको खुलासा

काठमाण्डौ ५ फाल्गुन । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ। भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ।

नागरिक पत्रिकालाई प्राप्त कागजातअनुसार भारत, बिहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ। उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एनआइसी डट आइएन मा भेटिन्छ।

दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ। उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’ छ। उनको मतदाता क्रमांक १७५ छ। उनको मतदान केन्द्रको नाम ‘मैथिली साहित्य परिषद्, मिश्रटोल, साउथ पार्ट’ उल्लेख छ।

‘लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा, दरभंगा जिल्ला–८४६००४,’ मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको छ।

भारतीय मतदाता हुनका लागि अनिवार्य रूपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ। जनवरी १ मा १८ वर्ष उमेर पुगेको वा सोभन्दा बढी वर्ष पार गरेका भारतीय नागरिक मात्र त्यहाँ मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनमा छ।

दासको मात्र होइन उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ। रेखाको मतदाता परिचयपत्र ‘सिएफबी ५१९४२८७’ छ। उनको मतदाता क्रमांक १०१ छ।माओवादीबाट सांसद बनेका दासको नेपालमा पनि सिरहा निर्वाचन क्षेत्र नं.२ मा नाम छ।

उनको नेपाली मतदाता परिचत्रपत्र नम्बर १४५७६९८८ हो। निर्वाचन आयोगले प्रदान गरेको फोटोसहितको मतदाता परिचयपत्रमा उनका पिताको नाम देवनाथ दास उल्लेख छ। सिरहाको न. आधारभूत विद्यालय, औरही उनको मतदानस्थल हो।

‘भारतको बिहार राज्यको दरभंगामा मेरो घर छ। अहिले घर भाडामा लगाएको छु। त्यहाँ राजनीतिक दल र शिक्षकहरूले मतदाताको नाम संकलन गरी टिपाउने गर्छन्।

उनीहरूले नै मेरो नाम टिपाएका होलान् र भारतीय निर्वाचन आयोगले सोहीअनुसार मतदाता सूचीमा मेरो नाम राखेको होला,’ भारतीय मतदाता सूचीमा नाम रहेछ नि भनी नागरिकले राखेको जिज्ञासामा दासले भने, ‘मतदाता सूची भनेको नागरिकता होइन। त्यहाँ नातेदार छन्, उनीहरूले पनि नाम टिपाएको हुनसक्छ।’

दासले उनी नेपाली नागरिक भएको दाबी गर्दै शंका नगर्न आग्रह गरे। वंशजका आधारमा आपूmले नेपाली नागरिकता लिएको उनले बताए। अप्ठेरो पर्दा भारतलाई सेल्टरका रूपमा प्रयोग गरेको उनले जनाए।

दास यसअघि २०४८ र २०५१ सालमा दुईपटक सांसद भइसकेका छन्। उनी २०४८ र २०५१ मा नेपाली कांग्रेसबाट तत्कालीन सिरहा निर्वाचन क्षेत्र ३ बाट विजयी भएका थिए। २०४८ को निर्वाचनमा उनले सबैभन्दा बढी मत पाएका थिए।

२०५१ को मध्यावधि निर्वाचनपछि बनेको एमालेको अल्पमतको सरकार ९ महिनामा ढलेपछि कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको थियो। त्यसबेला देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री थिए।

दासका पिता र काका पनि पूर्वसांसद हुन्। उनका पिता र काकाले २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन सप्तरी जिल्लाबाट निर्वाचन जितेका थिए। दुवै नेपाली कांग्रेसबाट विजयी भएका थिए।

२०१५ सालमा दासका पिता देवनाथले सबैभन्दा बढी मत प्राप्त गरेका थिए। उनका काका सूर्यनाथ दास यादव २०१५ सालको निर्वाचनपछि बिपी कोइराला नेतृत्वको मन्त्रिमण्डलका सदस्य थिए।

दासका अनुसार २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातान्त्रिक सरकारलाई ‘कू’ गरेपछि उनका पिता भारत निर्वासनमा गएका थिए।

पिताले बिहारको दरभंगामा जग्गा किनेर घर बनाएका थिए। २०२५ सालमा पिताको मृत्यु भएपछि २०३२ सालमा दास पुनः नेपाल फर्केका थिए। त्यसपछ उनी नेपालको राजनीतिमा सक्रिय छन्। यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी माओवादीमा प्रवेश गरेका थिए।

त्यसपछि माओवादीले उनलाई सिरहा निर्वाचन क्षेत्र नं.२ बाट उम्मेददार बनाएको थियो। दासले नेपाली नागरिकताको प्रमाणपत्र २०४४ चैत २९ गते लिएका हुन्।

उनको नागरिकता नम्बर ०३२३४४४३-२९२७ छ।नाम त अरुले टिपाए होलान्, तर भारतीय निर्वाचन आयोगले फोटो कसरी प्राप्त गर्यो भनी सोधिएको प्रश्नमा दासले अकमकाउँदै भने, ‘नातेदार छन्, उनीहरूले दिए कि ?’ उनले भारतको दरभंगामा पुरख्यौली घर रहेको बताए। यो खबर नागरिक दैनिकमा छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger