Latest Updates :

त्रिशुली नदीमा डुबेको जिपबाट सिंचाई सचिब यादवको शव निकालियो(भिडियो)

SHARE THIS POST :
धादिङ, माघ २७ । धादिङको बेनीघाट गाउँपालिका–४ सलाङघाटबाट एउटा जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको मृत्यु भएको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज बिहान अनियन्त्रित भएर त्रिशूली नदीमा खस्दा सचिव यादवको मृत्यु भएको छ ।

सचिव यादवको शव त्रिशूलीमा डुबेको जिपबाट निकालिएको हो । जिपमै सिट बेल्ट बाँधिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिपमा सवार यादवका छोरा सञ्जय र उनका आफन्त १५ वर्षीया उन्नति गुप्ता बेपत्ता भएका छन् ।

गाडी चालक निराजन यादवलाई भने उद्धार गरेर काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए ।

बेपत्ता अन्य दुई जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger