तर उनको मर्ने चाहना पूरा भएन । उनलाई समय छँदै बचाइयो ।गत जुलाई १५ मा यो घटना भएको हो । लियोचेंग सहरको एक भवनको १८ औँ तलाबाट हाम फाल्ने तयारी गरिरहेकी ती महिलालाई एक व्यक्तिले देखे । उनले तत्कालै पुलिसलाई खबर गरे । पुलिस क्षणभरमै घटनास्थल पुग्यो ।
हाम फाल्ने कोसिस गरिरहेकी महिलालाई त्यसो नगर्नका लागि झण्डै १ घण्टासम्म सम्झाउने कोसिस गर्यो पुलिसले । तर ती महिलाले मानिनन् र हाम फालिन् । तर उद्धारकर्मीहरुले ती महिला हाम फालेर भुइँमा नखस्दै तल भुईंमा हावा भरिएको निकै अग्लो गद्दा बिच्छ्याएका थिए । ती महिला भुइँमा बजि्रन पाइनन् र त्यहीँ गद्दामा खसिन् । जसका कारण उनलाई गम्भीर चोट लाग्न पाएन ।
उनलाई तत्काल अस्पताल लगियो । उनको अनुहारमा केही चोटपटक लागेपनि उनी खतरा बाहिर रहेको बताइएको छ । उनले आत्महत्या गर्न खोज्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Post a Comment