Latest Updates :

श्रीदेबिको शव भारत ल्याउन मुकेश अम्बानीले दिए आफ्नो प्राइभेट जेट

SHARE THIS POST :
बलीवुड अभिनेत्री श्रीदेवीको मृत्यु भएको खबर विश्वभर फैलिएको छ । यसैबीच उनको मृत सरिरलाई भारतको मुम्बई ल्याउन एसियाकै दोश्रा धनी मुकेस अम्वानीले साथ दिएका छन् ।

अम्बानीले श्रीदेवीको पार्थिव सरिरलाई भारत ल्याउन आफ्नो निजी बिमान दिने प्रस्ताव राखेको कुरा गल्फन्युजले अपडेट गरेको छ । श्रीदेवीलाई अम्बानीकै बिमानमा मुम्बई लगिने बताइएको छ ।

दुबईको ख्यातीप्राप्त संचारमध्यम गल्फन्युज डट कमले दिएको जानकारी अनुसार श्रीदेवीको मृत्यु बाथरुममा भएको थियो । उसले लेखे अनुसार श्रीदेवीको पार्थिव सरिर आजसाँझसम्ममा मुम्बई लाइनेछ । श्रीदेवी जुन होटलमा आफ्ना पति र छोरीको साथमा बसेकी थिइन् सोहि होटलको बाथरुममा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै उनलाई होटलबाट सिधै दुबईको अल घुसेसमा रहेको पुलिस हेडक्वाटरमा लागिएको थियो । त्यसपछि पोस्टमार्टम गरिएको थियो ।

गल्फ न्यूजमा लेखिएको समाचार अनुसार रातको समयमा वासरुममा उनको हृदयघात भएको थियो, र उनि त्यहि ठाउँमा लड्न पुगिन् । यस होटलको नाम इमारत टावर हो जसलाई ख्यातिप्राप्त होटल चेन जुमेरा ग्रुपले अपरेट गर्ने गरेको छ ।

श्रीदेवीको सरिरलाई भारत ल्याउनमा युएईस्थित इन्डियन एम्बेसीले सहयोग गरिरहेको छ । त्यहाँ भारत र दुबईका अधिकारीहरुले मिलेर फरेन्सिक रिपोर्ट तयार गर्ने कोसिस गर्दैछन् । श्रीदेवीको सरिरलाई भारत ल्याउन दुबईको कानुन अनुसार गर्नुपर्ने हुँदा केहि ढिलाई भएको बताइएको छ । उनको डेथ सर्टिफिकेट बनाउनु पर्ने हुन्छ, त्यस्तै पासपोर्ट समेत क्यान्सिल गर्नुपर्ने हुन्छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger