मनोज पुनलाइ मार्ने प्रहरीलाई रिप लेख्दै आफुलाइ मार्न च्यालेन्ज गर्ने को हो ? पूरा हेर्नुहोस सक्दो शेयर गर्नुहोस
गुन्डा नाइके मनोज पुनलाइ गोलि हान्ने भन्दै फेसबुक मा प्रहरी बिरुद्ध यस्तो लेखे यी गुन्डाको भतुवा ले
यो साला खाते हाम्रो मनोज दादाको हत्यारा हो त मुला एउटा लाई मार्न सक्यो भन्दैमा आफूलाई बहादुरी नसम्झ बुजिस्? त रन्डिको छोरोले मनोज पुन लाई मारेर के भयो? सक्छस भने मलाई मारेर देखा म को हो थाहा पाउन चाहन्छस् भने मलाई inbox गर त मुला duty बाहिर हुँदा चिया खाने पसलमा कुरी-कुरी कट्टा हान्दिन्छु बुजिस् कृपया सबैले share गर्नुस् ता कि यो POST यो खाते सम्म पुगोस्
यो पनि पढ़ौ
मन्त्री माग्दै खुमलटार पुगेका नेतालाई प्रचण्डले फर्काए
९ फागुन, काठमाडौं । बुधबार बिहानै ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा माओवादी नेताहरुको भीड जम्मा भयो । आजै मन्त्रिपरिषद विस्तार हुन लागेको समाचार पत्रपत्रिकामा पढेपछि माओवादी नेताहरु आफूलाई मन्त्री बनाउनुपर्ने माग दाबीसहित प्रचण्डनिवास पुगेका थिए ।
मन्त्री माग्दै निवासमा आइपुगेका नेताहरुलाई प्रचण्डले आफ्नो दलले कतिवटा र कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित भइनसकेको जवाफ दिए । प्रचण्डले नेताहरुलाई भने- ‘म अहिले प्रधानमन्त्रीजीलाई भेट्न जाँदैछु, पहिले हामीले पाउने मन्त्रालयहरुको टुंगो लगौं, अनि तपाईहरुलाई बोलाउँछु ।’
करिब १०/१२ जनाको संख्यामा प्रचण्ड निवासमा पुगेका नेताहरु व्यक्तिगतरुपमा त्यहाँ उपस्थित भएका थिए ।
प्रचण्डलाई उधृत गर्दै माओवादी स्रोतले भन्यो- ‘सरकार कस्तो बनाउने भन्नेबारेमा ओलीजी र मेरो सोचाइ मिलेको छ । काम गर्न सक्ने अनि सुशासन र विकास दिनसक्ने व्यक्तिलाई सरकारमा पठाउनुपर्छ भन्ने हामीवीच सहमति भएको छ ।’
प्रचण्डनिवास पुगेर फर्केका एक नेताले अनलाइनखबरसँग भने- ‘म त व्यक्तिगतरुपमा अध्यक्षलाई भेट्न गएको थिएँ, अरु साथीहरु पनि त्यसैगरी जानुभएको रहेछ, सचिवालयको बैठकैजस्तो पो भयो भनेर त्यहाँ ठट्टा पनि भयो ।’
मन्त्री माग्न आएका नेताहरुबाट पन्छिएर अध्यक्ष प्रचण्ड केपी ओलीसँग मन्त्रालयबारे छलफल गर्न निवासबाट बाहिरएका छन् ।
को-को हुन् मन्त्रीका आकांक्षी ?
माओवादीबाट नेता रामबहादुर थापा बादलले सरकारमा पार्टीको नेतृत्व गर्ने सम्भावना छ ।
उनी उपप्रधानमन्त्री हुनेछन् । अर्को मन्त्रालय तय भएको छैन । तर, उनले भने गृह दाबी गरेका छन् ।
यसअघि अर्थमन्त्री बनिसकेका वर्षमान पुनले यसपटक गृहमा दाबी गरेका छन् । मन्त्रीका अर्का आकांक्षी शक्ति बस्नेतले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरेका छन् ।
जनार्दन शर्मा पनि गृहमन्त्रीका दाबेदार हुन् । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्वन्ध बनाएका शर्मा र शक्ति बस्नेत दुवैजना प्रदेश ६ को नेता रहेकाले माओवादी अध्यक्ष प्रचण्ड दुई मध्ये कसलाई मन्त्री बनाउने भन्नेमा अप्ठेरोमा छन् ।
प्रदेश २ बाट मातृका यादव र प्रदेश १ बाट हिमाल किरातीले मन्त्रीमा दावी गरेका छन् । यसअघि सञ्चारमन्त्री समेत बनिसकेका राम कार्कीले पनि मन्त्रीमा दावी गरेपछि प्रदेश १ बाट को मन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन ।
प्रदेश ७ बाट लेखराज भट्टले पनि मन्त्रीमा दावी गरेका छन् । यसैगरी प्रदेश ५ बाट वर्षमान पुन मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।
प्रदेश ३ बाट पम्फा भुसालले मन्त्रीको दावी गरेकी छन् । महिला पनि भएकाले पम्फालाई मन्त्री बनाउने सम्भावना रहेको माओवादी स्रोतले बतायो । मोहन वैद्य नेतृत्वको पार्टी छाडेर माओवादी केन्द्रमा आएकी पम्फा हाल माओवादीको प्रवक्ता छिन् ।
प्रदेश ४ बाट देव गुरुङ र देवेन्द्र पौडेल दुवै मन्त्रीका दावेदार छन् । देवेन्द्र पौडेल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेर माओवादीमा आएका थिए । त्यसको सन्तुलन मिलाउन पनि पौडेललाई मन्त्री बनाउनुपर्ने मत माओवादीका केही नेताहरुको छ । उता गुरुङ पनि बादल समूहबाट आएकाले स्वाभाविक दाबेदार हुन् ।
यो पनि पढ़ौ
बादल राष्ट्रियसभा अध्यक्ष होइन, उपप्रधानमन्त्री ! गृह मन्त्रालय पनि मागे
९ फागुन, काठमाडौं । सरकारमा माओवादी केन्द्रको नेतृत्व रामबहादुर थापा ‘बादल’ले गर्ने भएका छन् । यसमा लगभग सहमति जुटेको छ तर, मन्त्रालय टुंगिएको छैन ।
प्रदेश ३ बाट राष्ट्रियसभामा निर्वाचित भएसँगै उनलाई राष्ट्रियसभा अध्यक्षको दावेदारका रुपमा हेरिएको थियो । एमालेले पनि प्रतिनिधिसभाको सभामुख आफूले लिन सहज हुने भन्दै बादललाई बनाउन ग्रिन सिग्नल दिएको थियो ।
तर, बादलले भने सरकारमा जाने इच्छा देखाएका छन् । उनले सरकारमा पार्टीको नेतृत्व गर्ने लगभग निश्चित जस्तै भएको माओवादीका एक नेताले बताए ।
बादल सिनियर नेता भएकाले उनकै नेतृत्वमा सरकारमा जान अरु नेता सहमत भएका छन् । उनी उपप्रधानमन्त्री हुनेछन् । तर, मन्त्रालय भने टुंगिएको छैन ।
बादलले गृहमन्त्री दाबी गरेका छन् । बादलसँगै पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व गृहमन्त्री जनार्दन शर्माको पनि दाबी छ । तीन नेताले गृहमन्त्रीको दाबी गरेपछि माओवादीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन कठिन भएको छ ।
प्रचण्ड नेतृत्वको पहिलो सरकारमा बादल रक्षामन्त्री थिए । बादलकै पालामा कटवाल प्रकरण भएको थियो, जसका कारण प्रचण्डले राजीनामा दिनुपर्यो ।
स्रोतका अनुसार बादललाई गृह दिने सम्भावना कम छ । बादललाई उपप्रधानमन्त्री दिएर गृहबाहेक अर्कै मन्त्रालय दिने र गृहमन्त्रीमा काम गर्न सक्ने नेतालाई लैजाने विकल्पका बारेमा पनि छलफल भइरहेको माओवादी नेता बताउँछन् ।
माओवादीले मन्त्रीको टुंगो लगाएपछि मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।
Post a Comment