कट्रिना र दीपिकाको सम्बन्ध पानी बाराबारको छ । उनीहरुको शीतयुद्ध बलिउडमा कतैबाट लुकेको छैन ।
उनीहरुबीच दुरी बढाउने काम भने अर्का रणवीरले गरेका हुन् । रणवीर कपुरका विषयलाई लिएर यी दुई अभिनेत्रीको सम्बन्ध चिरा परेको थियो । तर, अहिले रणवीरसँग न दीपिका छिन्, न कट्रिना नै । त्यसैले यी अभिनेत्रीवीचको खटपट मत्थर भएको अनुमान गरिएको थियो । तर, त्यस्तो होइन रहेछ । हालै दीपिकाले आफुभित्रको कुण्ठा पोख्दै कैटलाई बिहेमा नबोलाउने कुरा खोलिन ।
ब्वाइफ्रेण्डका कारण कट्रिनासँगको सम्बन्ध चिसिए पनि दीपिकाले सम्पूर्ण रुपमा कैटलाई गाली भने गरेकी छैनन् । उनले अर्को अन्र्तवार्तामा भनेकी छिन्, ‘मलाई कट्रिनाको पर्सनालिटी र काम गर्ने तरिका एकदम मनपर्छ । उनले मसँग दुश्मनी मोलेकी छन भन्दैमा उनी समग्रमा खराब भन्नु उचित होइन ।’
भनिहालौं, यतिबेला दीपिका आफ्नो फिल्म पद्यावतको सफलतासँगै खुसी मनाइरहेकी छिन् । फिल्मले अहिलेसम्म एक सय करोड बढी कमाई गरिसकेको छ ।
यता कट्रिना कैफ आमिर खानको प्रतिक्षारत फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को काम गरिरहेकी छिन् ।
Post a Comment