Latest Updates :

विमानस्थलमा सबैको आँखा छल्दै भुवन केसीसँग स्कटल्यान्ड पुगेकी जिया केसी यस्ती देखिइन्

SHARE THIS POST :
काठमाडौं, १५ माघ । दीपक श्रेष्ठले निर्देशन गरेको ‘हो यही माया हो’ चलचित्रबाट हिरोइन बनेकी जिया केसी विगतमा ग्ल्यामरस छविका कारण चर्चामा थिइन् ।
जुन चलचित्रलाई सुवास गिरीले निर्माण गरेका थिए । राज तिमल्सिनाका साथ लभर गर्लका रूपमा देखिएकी जियाले त्यसपछि अंग प्रदर्शनलाई बढी जोड दिइन् ।
जियाले त्यसपछि ‘एटिएम’, ‘जिगोलो’, ‘बर्बाद’, ‘वाचा’, ‘रिङरोड’, ‘रङ वे’ लगायतका चलचित्रमा खुलेर अंग प्रदर्शन गरिन् । अहिले पनि उनलाई ‘एटीएम’ गर्ल भनेर चिनिन्छ । पछिल्लो समय नायक भुवन केसीसँग ‘लिभिङ टुगेदर’ का रूपमा बसेकी जिया अहिले स्कटल्यान्डमा छिन् । उनी ‘कृ’ चलचित्रको युनिटसँगै पुगेकी हुन् । जियालाई भुवनले त्रिभुवन विमानस्थलबाट सबैको आँखा छलेर लिएर गएका थिए ।
भुवनसँग रिलेसनसिपमा रहेपछि जियाकोे गेटअप नै परिवर्तन भएको छ । जुन कुरा स्कटल्यान्डमा उनले खिचेको तस्बिरले पुष्टि गर्छ । जियाले आइतबार स्कटल्यान्डका चर्चित र रमणीय स्थलमा खिचेको तस्बिर फेसबुकमा पोस्ट गरेकी छन् । जसमा उनी साधारण युवती देखिएकी छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger