ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए । तामाङ आज हराएकै स्थान फुलचोकीको सेतो कखरा भन्ने ठाउँको एउटा खाल्डोमा फेला परेका हुन् ।
तामाङलाई बुधबार साँझ लगभग साढे ५ बजेतिर हिमाल तथा पहाड आरोहण गर्न सक्ने ७ जना शेर्पाहरु टोली र आफन्तहरुले दिनभरी खोज्ने क्रममा फेला परेका हुन्। ७ दिनदेखि हराएका तामाङको परिवारजान तथा आफन्तहरुले हराएको दिन दिएखि नै तिब्र रुपमा खोजि कार्य गरिरहेका थिए।
आज तामाङ भेटिएको खबर पाउनासाथ डीएसपीको कमाण्ड २ ओटा प्रहरी भ्यान त्यहाँ पुगेका थिए। बच्चाको स्वास्थ्य स्थितिलाई मध्यनजर राख्दै बि एण्ड बि हस्पिटलबाट एम्बुलेन्स लैजाने तयारी गरिएको छ । अहिले तामाङलाई बि एण्ड बि हस्पिटलमा लैजाने तयारी गरिएको छ ।
Post a Comment